Madhes Khabar
स्थानिय

पटेर्वा सुगाैली गाँउपालिकाकाे आगामी आर्थिक वर्षकाे बजेट सर्वसम्मतिले पारित

वीरगन्ज,३०असार: पर्साकाे पटेर्वा सुगौली गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ काे बजेट सर्वसम्मतिले पारित भएकाे छ ।

शनिबार सम्पन्न ११ओैं गाँउसभाकाे बैठकमा गाँउपालिकाकी उपाध्यक्ष ममता महताेले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेकाे ३९ करोड २५ लाख ३०० रुपैयाको बजेट सर्वसम्मतिले पारित गरिएको हाे ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएकाे नीति तथा कार्यक्रमसहितको बजेटमा पालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम,पालिका प्रमुख युवा स्वरोजगार कार्यक्रम पालिका उपाध्यक्ष सुत्केरी महिला कोशेली कार्यक्रम, रंगपुर बजार ब्यवस्थापन तथा निर्माण, मनिहर्वामा बसपार्क निर्माण, थारु संग्रहालय निर्माण, कृषि च्याम्बर निर्माण, मन्टेश्वरी कक्षा संचालन तथा ब्यवस्थापन, कृषि प्राविधिक शिक्षालय निर्माण लगायतका कार्यक्रमहरु समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले जानकारी दिए।

गाँउपालिका अध्यक्ष दिनेश चाैधरीकाे अध्यक्षतामा भएकाे गाँउसभाकाे बैठकमा पाँच वटै वडाका वडाअध्यक्ष , गाँउ कार्यपालिका सदस्य लगायतकाे पनि सहभागीता थियाे ।

Related posts

वीरगन्जमा ट्यांकर र वारुण यन्त्र लगायतका साधनबाट दैनिक ५ लाख लिटर पानी वितरण

MadhesKhabar

पर्साको पाण्डेपुरमा आगलागी हुदाँ घर जलेर नष्ट

MadhesKhabar

बालविवाह, दाइजो जस्ता कुप्रथा पूर्ण रुपमा हटाउन यादव जातिपनि लाग्नुपर्छ : अध्यक्ष यशवन्त यादव

MadhesKhabar

Leave a Comment