Madhes Khabar
Uncategorized स्थानिय हेडलाइन

वीरगंजमा यौनिक तथा अल्पसंख्यक समुदायका हक अधिकारे बारे अन्तरक्रिया सम्पन्न


मधेसखबर
पुष २१ गते , बिहीबार : वीरगंजमा सहयात्री समाजले यौनिक तथा अल्संख्यक समुदायको अवस्था र हक अधिकारबारे सम्बन्धित निकायका प्रतीनीधीहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

सहयात्री समाजको ब्रम्ह मन्दिर नजिकै अवस्थित कार्यालयमा भएको कार्यक्रममा यौनिक तथा अल्पसंख्यक समुदायका मानिसहरुले पाउनुपर्ने हक अधिकार सम्मान अझ पनि पुर्ण रुपमा पाउन नसकेको अवस्था औल्याईएको थियो ।

यौनिक तथा अल्पसंख्यक समुदायका मानिसहरुलाई पनि अरुलाई जस्तै व्यवहार गर्नुपर्ने , हरेक सेवा सुविधामा तथा स्वास्थ्य उपचार लगायतका समान पहुच हुनुपर्ने , यौनिक तथा अल्पसंख्यक समुदायको भएकै कारण कसैले अपमानजनक व्यवहार गर्न नपाउने लगायतका हक अधिकार राज्यले प्रदान गरेपनि अझ पनि वास्तविक रुपमा समुदायमा केही हमसम्म सुधार भएपनि पुर्ण रुपमा लागु हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका थिए ।

छलफल कार्यक्रमा एचआईभी एड्स र लैगिंक तथा अल्पसंख्यक समुदायका हक अधिकारबारे एपिक तथा ब्लु डायमण्डका केन्द्रिय निर्देशक प्रकाश निरौले यसबारे प्रकाश पारेका थिए भने संस्थाका पर्साका कार्यक्रम संयोजक सुरज लिम्बुले सहजीकरण गरेका थिए ।
कार्यक्रम सहभागी विभिन्न सरकारी , गैरसरकारी निकायका प्रतीनिधी , स्वास्थ्य कार्यालयका प्रतीनिधीहरुले लैगिक तथा अल्पसंख्यक समुदायका मानिसहरुलाई सेवा प्रदानमा कुनै पनि भेदभाव नगरीएको बताएका थिए ।

कार्यक्रममा सबै निकायका प्रतीनधिीहरुले पनि आ आफ्नो विचार तथा वास्तविक अवस्था बारे अनुभव राखेको सहयात्री समाजका जटाशंकर साहले जानकारी दिएका थिए ।

Related posts

वडाध्यक्ष कानुको अग्रसरतामा बौधीमाई मन्दिरको पुननिर्माण र सौन्दर्यकरण सुरु

MadhesKhabar

वीरगन्ज नाकाबाट एक वर्षमा १ अर्ब २० करोडको नेपाली छुर्पी विदेशमा निर्यात

MadhesKhabar

व्याक्तिगत रिसबी साँध्न अफवाह फैलाउनेलाई कानुनी उपचार हुन्छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment