Madhes Khabar
स्वास्थ्य हेडलाइन

बीएचसी मेडिकल कलेजमा ‘राष्ट्रिय नर्सीङ दिवस’: नर्सीङ पेशाप्रति निस्वार्थ भावले समर्पित हुने खुवाइयो कसम

वीरगन्ज,१५माघःवीरगन्ज–१४ बहुअरीस्थित बीएचसी मेडिकल कलेजमा ६४ औं राष्ट्रिय नर्सीङ दिवस विविधि कार्यक्रम गरि मनाइएको छ । कलेज परिसरमा बिहीबार आयोजित कार्यक्रममा नर्सीङ संकायको पहिलो वर्षमा भर्ना भई अध्ययनरत गरिरहेका विधार्थीहरुलाई कलेज व्यवस्थापन पक्षले औपचारिक रुपमा स्वागत गरेको थियो ।

यसका साथै पहिलो र दोस्रो वर्षमा अध्ययनरत नर्सीङ संकायका विधार्थीहरुलाई मानवताको सेवामा समर्पित हुने भन्दै कसम समेत खुवाइएको थियो ।बीएचसी मेडिकल कलेजकी नर्सीङ विभाग प्रमुख उषा घिमिरेले उनिहरुलाई नर्सीङ पेशामा लाग्दा बिरामीको सेवामा कुनै भेदभाव नराख्ने र निस्वार्थ भएर नर्सीङ पेशाको गरिमा बढाउने बारेमा कसम खुवाएकी थिइन् ।

त्यसअघि कार्यक्रम सहभागी विद्यार्थीहरुले कार्यक्रमको अध्यक्षता गरेका बीएचसी मेडिकल कलेजका अध्यक्ष डा. अबुल हैस अन्सारी, प्रबन्ध निर्देशक हासिम अन्सारी, वीरगन्ज हेल्थ केयर हस्पिटलका प्रशासन प्रमुख भूमीका अधिकारी,प्रा. डा. आनन्द झा,वीरगन्ज नर्सीङ क्याम्पसकी प्रमुख कल्पना पौडेल,बीएचसी मेडिकल कलेजकी प्रचार्य विन्ध्या श्रेष्ठ, डा. आशीफ अन्सारी,डा. अनुपम उपाध्याय, डा. नवीन यादव ,डा. फिरोज अफजल लगायतलाई खादा ओढाएर स्वागत र सम्मानत गरेका थिए ।

कार्यक्रममा कलेजका अध्यक्ष डा. अबुल हैस अन्सारीले वीरगन्ज हेल्थ केयर हस्पिटल र बीएचसी मेडिकल कलेजलाई मधेस प्रदेशकै अग्रणी स्वास्थ्य संस्था र शैक्षिक संस्थाका रुपमा स्थापित हुदैं गएको बताए । यसमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र शिक्षकशिक्षिकाका साथै विद्यार्थीहरुको योगदान महत्वपूर्ण रहेको बताए ।

“गुणस्तरीय शिक्षामा कुनै सम्झौता हुँदैन,” उनले भने, “दक्ष, नैतिक र सेवाभाव भएका नर्स उत्पादन गर्नु हाम्रो पहिलो प्राथमिकता हो।”त्यसका लागि आवश्यक शैक्षिक संरचना, दक्ष जनशक्ति र अनुशासित वातावरणमा कलेज सधैँ सचेत रहेको उनको भनाइ छ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूका तर्फबाट एचए दोस्रो वर्षमा अध्ययनरत छात्रा आरती राउतले ले बीएचसी मेडिकल कलेज केवल अध्ययन गर्ने थलो मात्र नभई आफूहरूको अभिभावक बनेको संस्थाका रूपमा अनुभूति गरेको बताए ।पारिवारिक वातावरणमा शिक्षा प्रदान हुदैं आएको भन्दै उनले कलेजप्रति आँफुहरुले गर्व महसुस गरिरहेको बताइन्।

उनले भनिन्,‘यहाँ हामीलाई नम्बर र प्रमाणपत्रभन्दा अघि मानिस बन्न सिकाइन्छ,कलेजको सकारात्मक शैक्षिक वातावरणले हामीलाई अझ अनुशासित, जिम्मेवार र सेवामुखी बनाउँदै लगेको छ । ”

 

Related posts

वीरगन्ज ड्राइपोर्टमा दाल भनेर प्रतिबन्धित चुरोट आयात गर्ने फर्मलाई पौने ११ करोड जरीवाना

MadhesKhabar

वीरगञ्जको दुई छुट्टा छ्टटै स्थानमा निशुल्क आँखा तथा दंत शिविर आयोजना

MadhesKhabar

पोखरिया अस्पतालको स्तरोन्नत्ती गर्न मुख्यमन्त्री सिंहले जनाए प्रतिबद्धता

MadhesKhabar

Leave a Comment