Madhes Khabar
मधेस प्रदेश राजनीति हेडलाइन

जनमतका सतीश सिंह बने मधेसको मुख्यमन्त्री

जनकपुर,२५जेष्ठःमधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त भएका छन् । ६ दलका ५५ जना प्रदेश सांसदको समर्थनमा सिंह मधेस प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखका स्वकीय सचिव टीकाराम उप्रेतीले जानकारी दिए । मुख्यमन्त्रीमा नियुक्त भएका सिंह शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री सिंहलाई शपथ ग्रहण गराएकी हुन् ।

नवनियुक्त मुख्यमन्त्री सिंहले शु्क्रबार नै ११ सदस्यीय मन्त्रीमण्डलसमेत गठन गर्ने तयारी छ । उनलाई समर्थन गर्ने ६ दलबीच बिहीबार अबेर राति मन्त्रालयको बाँडफाँटमा सहमति भएको थियो । अर्थ मन्त्रीमा माओवादीका भरतप्रसाद साह, उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा माओवादीकै युवराज भट्टराई नियुक्त हुँदैछन् ।

यस्तै, एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादव(महोत्तरी) भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा(एस)बाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा नेकपा(एस)की बेंची लुङेलीलाई ऊर्जा, सिँचाइ र खानेपानी मन्त्री, एकमात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नुमलाई गृह, सञ्चार तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिलादेवी सिंहलाई श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी तोक्ने तयारी छ ।

एमालेको भागमा स्वास्थ्य, शिक्षा र खेलकुद मन्त्रालय पनि परेको छ । एमालेले यी तीन मन्त्रालयमा कसलाई पठाउने निर्णय गर्न बाँकी छ । यस्तै, जनमत पार्टीको भागमा वन तथा वातावरण मन्त्रालय परेको छ ।

Related posts

पर्सामा आन्दोलनरत शिक्षकहरुद्वारा थप आन्दोलनका कार्यक्रम घाेषणा

MadhesKhabar

बर्षौदेखि बन्द रहेको ठोरी छोटी भन्सार थप सेवासहित आजदेखि फेरि सञ्चालनमा आयो

MadhesKhabar

‘बीफ कबाब’को विज्ञापन गर्ने चिकेन स्टेशन विरुद्ध युवाहरुको प्रदर्शन

MadhesKhabar

Leave a Comment