Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मधेस प्रदेशकाे वनमन्त्रीमा रमेश कुर्मी नियुक्त

वीरगन्ज ,११ जेष्ठ : मधेस प्रदेश सरकारको वन तथा वातावरण मन्त्रीमा पर्सा निर्वाचन क्षेत्र नम्बर २ (ख) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मी नियुक्त भएका छन् ।

मधेस प्रदेशक मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार मन्त्रीमण्डल विस्तार गर्दै कुर्मीलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री यादव आफैंले सम्भाल्दै आएका थिए ।

नवनियुक्त वनमन्त्री कुर्मीकाे शपथग्रहण बिहीबार नै साँझ ५ बजे गर्ने तयारी रहेकाे कुर्मीका स्वकीय सचिव शेष फिराजले जानकारी दिए ।

Related posts

मुख्य नालामाथी बनेको हरिखेतान क्याम्पस भवन भत्काएर हटाउन वीरगन्ज महानगरको निर्देशन

MadhesKhabar

बाढी र डुबानबाट मधेसमा ५ अर्ब बढीकाे धानबाली नष्ट

MadhesKhabar

पर्सा १ मा द्विवेदीकाे इन्ट्रीले राेचक भिडन्त

MadhesKhabar

Leave a Comment