Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मधेस प्रदेशकाे वनमन्त्रीमा रमेश कुर्मी नियुक्त

वीरगन्ज ,११ जेष्ठ : मधेस प्रदेश सरकारको वन तथा वातावरण मन्त्रीमा पर्सा निर्वाचन क्षेत्र नम्बर २ (ख) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मी नियुक्त भएका छन् ।

मधेस प्रदेशक मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार मन्त्रीमण्डल विस्तार गर्दै कुर्मीलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री यादव आफैंले सम्भाल्दै आएका थिए ।

नवनियुक्त वनमन्त्री कुर्मीकाे शपथग्रहण बिहीबार नै साँझ ५ बजे गर्ने तयारी रहेकाे कुर्मीका स्वकीय सचिव शेष फिराजले जानकारी दिए ।

Related posts

भ्रष्टाचारमा लिप्त मुख्यमन्त्री राउतले चुनाव जित्ने कुनै आधार छैन : युवा उम्मेदवार सरार्फ

MadhesKhabar

विधार्थीलाइ परिक्षामा रोक लगाउने काम नगर्न नीजी विधालयलाइ वीरगन्जका मेयरको निर्देशन

MadhesKhabar

बाराबाट स्वतन्त्र जितेका प्रदेश सांसद कलवार जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment