Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

पर्साका थारु बाहुल्य क्षेत्रहरुमा धुमधामका साथ मनाइयाे `माघी पर्व तथा थारु संवत नयाँ वर्ष २६५०´

वीरगन्ज,१माघ:थारु समुदायकाे बाहुल्यता रहेका पर्साका विभिन्न स्थानमा बिहीबार माघी पर्व तथा थारु संवत २६५० को नयाँ वर्ष हर्षाेल्लाशका साथ मनाइएको छ।

 

पर्साकाे वीरगन्ज महानगरपालिका-१० आदर्शनगरस्थित स्वीमिंग पुल परिसर,जीराभवानी गाँउपालिका,सखुवा प्रसाैनी गाँउपालिका,पटेर्वा सुगाैली गाँउपालिका र पर्सागढी नगरपालिकामा बिहीबार विभिन्न कार्यक्रम आयाेजना गरेर माघी पर्व तथा थारु संवत २६५० को नयाँ वर्ष हर्षाेल्लाशका साथ मनाइएकाे हाे।

जिराभवानी गाउँपालिका वडा नम्बर ३ नौकाटोला चाेकमा जिराभवानी गाउँपालिकाको आयोजना तथा वडा नम्बर ३ का युवा समाजको व्यवस्थापनमा आयोजित माघी महाेत्सवमा मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीपनि सहभागी भएका थिए ।

 

माघी महोत्सवमा थारु समुदायको दैनिकीमा प्रयोग हुने कुटो, कोदालो, माछा मार्न प्रयोग गरिने खोखी, डेली लगायत विभिन्न सामग्री तथा पम्प प्लेट बोकी बाजा–गाजासहित मन्त्री चौधरी, गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयवासीहरूले गाउँ परिक्रमा गर्दै कार्यक्रम स्थल पुगेका थिए।

कार्यक्रममा वक्ताहरूले माघी पर्वको शुभकामना व्यक्त गर्दै थारु समुदायको कला, संस्कृति, पहिरन, भाषा र खानाका परिकारको संरक्षण तथा प्रवर्द्धनमा जोड दिएका थिए। साथै उनिहरुले थारु समुदायभित्र लागू औषध दुर्व्यसन तथा भोज–भत्तेरमा हुने अनावश्यक खर्च राेक्न आग्रह पनि गरे।

 

माघी महोत्सवमा राष्ट्रिय थारु कलाकार मुस्कान चौधरी, निशा चौधरी र नेपाली निरहुवाले आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए। त्यसैगरी विद्यालयका छात्रछात्राहरूले विभिन्न नृत्य प्रस्तुत गर्नुका साथै उत्कृष्ट विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

 

वडाध्यक्ष सुरज राय थारुकाे अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, जनता समाजवादी पार्टीका नेता डा. कृपासिन्धु चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरि, वडाध्यक्ष रामशरण ख्वास, महादेव महतो थारु, दारा सिंह राउत थारु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

Related posts

पर्सामा १ सय ५० भन्दा बढी भुमीहीनले लालपुर्जा पाउने

MadhesKhabar

वीरगंजमा तिन दिने चित्रकला प्रर्दशनी कार्यक्रम विहीबारदेखी सुरु

MadhesKhabar

यमपञ्चककाे पाँचाै दिन आज : मधेसमा `भईया दुज´ र पहाडमा `भाइ टीका´

MadhesKhabar

Leave a Comment