Madhes Khabar
स्थानिय हेडलाइन

बारामा ५ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा ६० वर्षीय पुरुष पक्राउ

बारा,१असाेज:बारामा ५ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा प्रहरीले एक जना बृद्धलाई पक्राउ गरेकाे छ।

जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वासिरामा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ६० वर्षीय हसनजान मियाँलाई नियन्त्रणमा लिएको हाे।

घटनाकाे जानकारी पाएलगत्तै बिहीबार राति करिब साढे ९ बजे इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले इनर्वासिरामा पुगेको थियो। प्रहरीले आराेपित मियाँलाई नियन्त्रणमा लिन खोजेपछि स्थानीय केही व्याक्तिहरुले अवराेध गर्न खाेजेपछि अवस्था केहिबेर तनावग्रस्त बन्न पुगेको थियाे।

 

स्थानीयले आरोपितलाई कानुनी कारबाही पर्याप्त नहुने भन्दै आफूहरूले नै कारबाही गर्ने बताएका कारण भिड अनियन्त्रित भएको थियाे । त्यसपछि कलैयाबाट थप प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले बल प्रयोग गरी भिडलाई तितरबितर बनाएपछि आरोपित मियाँलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरा लिएर गएको बताइएको छ ।

बारामै केही साताअघि पनि जीतपुरसिमरा–१ की ३ वर्षीया बालिकाकाे बलात्कारपछि हत्या गरिएको थियो ।

Related posts

जसपाको चुनावी समीक्षाः निराशाजनक परिणामका १० कारण

MadhesKhabar

अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा भोजपुरी प्रतिष्ठान वीरगन्जद्वारा कवि गोष्ठी सम्पन्न

MadhesKhabar

वीरगन्ज जेसीजले दलित बालबालिकाहरुलाई बाँड्यो शैक्षिक सामग्री

MadhesKhabar

Leave a Comment