Madhes Khabar
हेडलाइन

वीरगञ्ज महानगरको आयोजनामा योग शिविर संचालन


मधेसखबर
मंसिर २२ गते , वीरगञ्ज :वीरगञ्ज महानगरपालिकाले बिहीबारदेखि एक हप्ते योग शिविरको आयोजना गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ स्थित श्रीपुर स्कुलमा आयोजित शिविरको महानगर प्रमुख राजेशमान सिंहले उद्घाटन गरेका छन् ।

शिविरको उद्घाटन गर्दै मेयर सिंहले योग मार्फत नागरिकको स्वास्थ्य चुस्त राख्न नगरको विभिन्न स्थानमा महानगरले योग शिविर आयोजना गर्न लागेको पनि जानकारी दिए ।

अहिले विश्वभर नै योगको महत्व बढेको भन्दै उनले हरकोहीले योग साधनाबाट आफूलाई स्वस्थ्य राख्न सक्ने बताए ।

आम नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरि आफूले काम गरिरहेको भन्दै उनले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्य जारी राख्ने बताए ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ताले शरीर स्वस्थ बनाउन योगको महत्वपूर्ण योगदान रहेको भन्दै यहाँ सिकेका कुरा आफ्नै घरमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित शुरु भएको शिविरमा ५० जनाभन्दा बढी महिला पुरुषको सहभागिता रहेको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, उद्योगि अशोक टेमानी, प्रदिप केडिया, संजय खेतान, हरि गौतम लगायतको सहभागिता रहेको थियो ।

वडा नम्बर ११ का वडाध्यक्ष अजय चौरसियाको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रको मेयर सिंहका राजनीतिक सल्लाहकार उमेशलाल सहनीले सञ्चालन गरेका थिए ।

२८ गतेसम्मा हरेक दिन विहान साढे ६ बजेदेखि संचालन हुने शिविरमा सहभागिहरुलाई प्रतिमा सिंहले योग प्रशिक्षण दिने स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिए ।

Related posts

सार्वजनिक बिदाका दिनमापनि जिल्ला प्रशासन कार्यालय पर्साले दिने भयाे सेवा

MadhesKhabar

विश्वप्रसिद्ध पञ्चवर्षिय गढीमाई मेला: किंवदन्ती र परम्परा

MadhesKhabar

वीरगन्जको सिर्सिया नदि प्रदुषणमुक्त बनाउनका लागि सरकारलाई दबाब दिन काठमाडौंमा धर्ना

MadhesKhabar

Leave a Comment