Madhes Khabar
स्थानिय हेडलाइन

अवैध घुसपेठ रोक्न वीरगन्जसहितका नाकामापनि प्रहरी-प्रशासनको निगरानी र चेकजाँचमा कडाई

वीरगन्ज,१७ मंसिरः भारतमा अवैध रुपमा बसोबास गर्दै गर्दै आएका बंगलादेशी रोहिंग्या समुदायका मानिसहरु नेपालमा गैरकानुनी रुपमा प्रवेश गरिरहेको खबरहरु आउन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साकोपनि ध्यानाकर्षण भएको छ ।जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार एक सूचना सूचना जारी गर्दै वीरगन्जसहित जिल्लाका सबै सीमा र नाकाहरुमा सुरकक्षाकर्मीको चेकजाँच र निगरानी बढाइएको जनाएको छ ।

विभिन्न सञ्चार माध्यम एवं तथा कार्यलयमा प्राप्त ध्यानाकर्षण एवं ज्ञापनपत्र पत्रानुसार हाल सीमावर्ती नाकाबाट परिचय नखुलेका शंकास्पद व्यक्तिहरु अवैध ढंगबाट पर्सा जिल्लामा प्रवेश गर्न सक्ने हुँदा सीमावर्ती क्षेत्रमा सुरक्षा निकायबाट चेकजाँचमा कडाई गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ ।

कोहि पनि शंकास्पद व्यक्ति जिल्लाभित्र प्रवेश गरेको अवस्थामा त्यस्ता व्यक्तिको सम्बन्धमा नजिकको सुरक्षा निकायहरुमा जानकारी गराउनपनि जिल्ल प्रशासन कार्यालयले अपिल गरेकोध छ । साथै त्यस्ता परिचय नखुलेका अपरिचित व्यक्ति, समुदायलाई घरमा बसोवास गर्न नदिन, कुनै कामकाजमा नलगाउनु हुन समेत जिल्ला सुरक्षा समितिको निर्णयानुसार सर्वसाधारणमा अनुरोध गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि मंसिर १४ गतेमात्रै पर्साका जेनजी युवाहरुको एक समुह र हिन्दु सम्राट सेना नेपालले जिल्ल्न प्रशासन कार्यालय पर्सामा पुगेर भारतबाट लखेटिएका बंगलादेशी रोहिंग्याहरु विभिन्न नाका हुदैं नेपाल प्रवेश गर्न थालेको भन्दै ेपाल–भारत सीमा नाकामा कडाई गर्न माग गर्दै ज्ञापनपत्र पनि बुझाएका थिए ।

नेपाल–भारतबीचको खुल्ला सीमाको दुरुपयोग बढेको र त्यसक्रममा भारतबाट घुसपैठ, मानव तस्करी र संगठित अपराधिक गतविधीहरु बढेकोले त्यसलाई नियन्त्रण गर्नुपर्ने माग उनिहरुको थियो ।

 

 

 

Related posts

वीरगन्जमा पनि भुकम्पको धक्का महसुस , क्षतिको विवरण आउन बाँकी

MadhesKhabar

बाराको मालपोत कार्यालयमा प्रशासनको छड्के अनुगमन,मालपोत अधिकृतसहित १७ कर्मचारी गयल

MadhesKhabar

आज सुर्य भगवान् र छठी माताकाे पूजा अर्चना गरेर हर्षाेल्लासका साथ छठ पर्व मनाइदैं

MadhesKhabar

Leave a Comment