Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

आज सुर्य भगवान् र छठी माताकाे पूजा अर्चना गरेर हर्षाेल्लासका साथ छठ पर्व मनाइदैं

फाइल तस्बिर ।

वीरगन्ज,२२कार्तिक : श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेसको साझा सांस्कृतिक धरोहरका रुपमा रहेको छठ पर्व आज बिहीबार सुर्य भगवान र छठी माताको पूजा आरधना गरि हर्षाेल्लाशका साथ मनाइदै छ ।

कात्तिक शुक्ल पक्षको चौठी तिथी देखि विधिीवत रुपमा शुरु हुने छठ पूजा सप्तमी तिथी सम्म चार दिन मनाइन्छ ।मंगलबारदेखि विधीवत रुपमा सुरु भएको छठ पूजाको दोश्रो दिन पन्चमी तिथी अर्थात बुधबारका दिन देखि ब्रतालुहरु निर्जला ब्रत शुरु गरेका छन् । छठको दोश्रो दिन पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ ।

खरना परेको बुधबार ब्रतालुहरु गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालुहरु दिनभर उपवास बसेका थिए ।बुधबार साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा माटोको नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुको रोटी प्रसादका रुपमा पकाएका थिए । उक्त प्रसाद अर्थात रसीआव रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि ब्रतालुहरुले प्रसाद ग्रहण गरेर बुधबार बेलुकी देखि निर्जला ब्रत शुरु गरेका हुन् ।

खरनाको भोलि पल्ट आज अर्थात बिहीबार परेको षष्ठी तिथीको दिन छठ पर्बको मुख्य दिन हो । यस दिनलाइ सँझिया घाटे भनिन्छ । ब्रतालुहरु आज दिउँसोको समयमा नुहाइ धुवाइ गरि नयाँ चोखो बस्त्र पहिरेर छठ पूजाका लागि नदि , पोखरी , तलाय इत्यादि जलाशयमा तयार पारिएको छठीघाटमा जान्छन् । घरपरिवारका सबै सदस्य पनि नुहाइ धुवाइ गरि चोखो भइ नयाँ लुगा लगाएर छठीघाटमा पुग्छन् ।

छठीघाटमा चोखो माटोले बनाइएको पूजास्थल सिरसोता छेउमा बसेर ब्रतालुहरुले छठी माता र सुर्यभगवानसंग जोडिएका पारम्परिक गीत गाँउछन् । त्यसपछि आजै साँझ पख अस्ताउदै गरेका सुर्य भगवान र छठी मातालाइ ब्रतालुहरुले जलशायमा पसि बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु ,काँचो केरा , कागती , ठेकुवा , बोडी , अदुवाको बोट , स्याउ , जटा भएको नरिवल , भिजाएको केराउ , चामलको अछता , पात सहितको मूला लगायतका फलफुल र प्रसाद राखेरड अर्घ (पूजा ) दिन्छन् ।सुर्य अस्त पछि ब्रतालुहरु छठी माताको पारम्परिक गीत गाँउदै आ आफनो घर फर्किन्छन् ।

षष्ठीको भोलि पल्ट सप्तमी तिथीका दिन अर्थात शुक्रबार बिहान झिमिसेमै ब्रतालुहरु फेरि नुहाइ धुवाइ गरि चोखो भइ पुजन सामाग्री र प्रसाद लिएर सुर्य नउदाउदै छठ घाटमा पुग्छन् ।

सिरसोता वरिपरि बसेर छठी माताको गीत गाँउदै उनिहरुले श्रीमान् ,छोरा छोरी र परिवारका सदस्यहरुको सुस्वास्थ्य , दीर्घायु र प्रगतीको लागि छठी मातासंग अनुनय विनय गर्छन् ।

सप्तमी तिथीका दिन बिहान सुर्य उदाउनु भन्दा पहिले नै ब्रतालुहरु सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद , फलफुल लिएर छठघाटको जलशायमा पस्छन् र सुर्य उदाउने क्रममा उनिहरुले सुर्य र छठीमातालाइ अर्घ दिन्छन् । सुर्यलाइ अर्घ दिए पछि छठघाटमै ब्रतालु महिलाहरुले एक अर्काको नाकको टुप्पा देखि सिउँदो सम्ममा सिन्दुर लगाइ दिन्छन् । त्यसपछि उनिहरु आ आफनो घर फर्किन्छन् ।उदाउदो सुर्यलाइ अर्घ दिएपछि छठ पर्ब विधिवत रुपमा समापन हुन्छ । यस दिनलाइ परना वा पारन भन्ने चलन छ ।

Related posts

नगवामा ३ कराेडकाे लागतमा कृषि बजार निर्माण हुँदै, सांसद यादवले गरे शिलान्यास

MadhesKhabar

पर्सा : गुनासो गर्न गएका सेवाग्राहीलाई वडाध्यक्षले रुखमा बाँधेर कुटे

MadhesKhabar

याैनजन्य गतिविधिमा संलग्न रहेकाे आशंकामा वीरगन्जबाट २९ जना पक्राउ

MadhesKhabar

Leave a Comment