Madhes Khabar
राजनीति हेडलाइन

बारा-२ मा जसपालाई सहयाेग गर्ने कांग्रेस सभापति देउवाकाे वचन

काठमाडौं ,११चैत :नेपाली कांग्रेसले आगामी वैशाख १० मा उपनिर्वाचन हुने बारा–२ मा जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ ।

शनिबार बसेकाे कांग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले बारा–२ मा जसपालाई सहयोग गर्ने वचन दिइसकेको ब्रिफिङ गरेकाे कांग्रेसका एक पदाधिकारीले बताए ।

बारा–२ बाट प्रतिनिधिसभामा निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ प्रतिनिधिसभा सदस्य पद रिक्त छ । यसअघि ४ मंसिरमा भएको निर्वाचनमा पनि बारा–२ मा कांग्रेसले आफ्नो उम्मेदवार उठाएको थिएन । माओवादी केन्द्रका शिवचन्द्र कुशवाहलाई समर्थन गरेको थियो ।उपनिर्वाचनमा जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनमउने चर्चा छ ।

उपनिर्वाचन हुने चितवन–२ र तनहुँ–१ मा भने कांग्रेसले सोमबार उम्मेदवार तय गर्ने एक पदाधिकारीले बताए । चितवन–२ मा यसअघि कांग्रेसका उमेश श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसँग पराजित भएका थिए भने तनहुँ–१ मा कांग्रेसबाटै रामचन्द्र पौडेल निर्वाचित भएका थिए ।साभार:अनलाइनखबर

Related posts

पर्सामा एमाले अध्यक्षका लागि ३ नेता आकांक्षी : शर्मा, थारु र पटेलमध्ये कस्ले मार्ला बाजी ?

MadhesKhabar

वीरगन्जमा राजावादीलाई खबरदारी गर्दै एमालेद्वारा गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन

MadhesKhabar

भर्ना अभियान, पठनपाठन र परीक्षा बहिष्कार गर्ने आन्दोलनरत शिक्षकहरुको घोषणा

MadhesKhabar

Leave a Comment