Madhes Khabar
राजनीति हेडलाइन

बारा-२ मा जसपालाई सहयाेग गर्ने कांग्रेस सभापति देउवाकाे वचन

काठमाडौं ,११चैत :नेपाली कांग्रेसले आगामी वैशाख १० मा उपनिर्वाचन हुने बारा–२ मा जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ ।

शनिबार बसेकाे कांग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले बारा–२ मा जसपालाई सहयोग गर्ने वचन दिइसकेको ब्रिफिङ गरेकाे कांग्रेसका एक पदाधिकारीले बताए ।

बारा–२ बाट प्रतिनिधिसभामा निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ प्रतिनिधिसभा सदस्य पद रिक्त छ । यसअघि ४ मंसिरमा भएको निर्वाचनमा पनि बारा–२ मा कांग्रेसले आफ्नो उम्मेदवार उठाएको थिएन । माओवादी केन्द्रका शिवचन्द्र कुशवाहलाई समर्थन गरेको थियो ।उपनिर्वाचनमा जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनमउने चर्चा छ ।

उपनिर्वाचन हुने चितवन–२ र तनहुँ–१ मा भने कांग्रेसले सोमबार उम्मेदवार तय गर्ने एक पदाधिकारीले बताए । चितवन–२ मा यसअघि कांग्रेसका उमेश श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसँग पराजित भएका थिए भने तनहुँ–१ मा कांग्रेसबाटै रामचन्द्र पौडेल निर्वाचित भएका थिए ।साभार:अनलाइनखबर

Related posts

कलैयामा चर्काे आवाजमा डिजे बजाउने व्यक्ति प्रहरी नियन्त्रणमा

MadhesKhabar

वीरगन्जमा संविधान दिवसलाई ७ मधेसी दलले मनाए `कालो दिन´

MadhesKhabar

पर्सा-१ का रास्वपा उम्मेदवार पन्तले मधेस आन्दोलनका सहिद परिवारलाई भेटे

MadhesKhabar

Leave a Comment