Madhes Khabar
समाज हेडलाइन

कलैयामा चर्काे आवाजमा डिजे बजाउने व्यक्ति प्रहरी नियन्त्रणमा

बारा,२८फाल्गुन:सार्वजनिक स्थानमा चर्को अवाजमा डिजे बजाउने एक व्यक्तिलाई प्रहरीले डिजेकाे साउन्ड सिस्टम र गाडी सहित बाराकाे कलैयाबाट नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा बाराकाे कलैया उप-महानगरपालिका वडा नंबर ९ रामपुर बस्ने ३० वर्षिय मनौवर मियाँ रहेका छन् ।साेमबार अपरान्ह ३ बजेतिर कलैया बजार क्षेत्रमा ध्वनी प्रदुषण हुनेगरी चर्को अवाजमा डिजे बजाउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपाल सुनिल बैण्ड कलैया बैण्डकाे डिजे सिस्टम र ना ३ च ८३१३ नम्बरको पिकअप गाडीसहित मियाँलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानेले जानकारी दिए।

तीन दिन अघि मात्रै जिल्ला प्रहरी कार्यालय बाराले एक प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थानमा चर्काे ध्वनिमा डिजे साउण्ड नबजाउन आग्रह गर्दै अटेर गरेकाे पाइएमा कानुन अनुसार कारबाही गर्ने चेतावनीसमेत दिएकाे थियाे ।

Related posts

आर्थिक नगरी वीरगन्जमा आयोजना हुदैं ‘मधेस साहित्य महोत्सव’

MadhesKhabar

फेसबुकमा भाइरल बाराका पिडित शिक्षक ब्रम्हदेव पासवानले अन्तत पाए न्याय

MadhesKhabar

वीरगन्जको दशैं मेलामा युवाहरुबीच कुटाकुट हुदाँ ई–रिक्सा चालक कानुको मृत्यु, ३ जना पक्राउ

MadhesKhabar

Leave a Comment