Madhes Khabar
गण्डकी प्रदेश हेडलाइन

कुमारी आमा निहारिकालाइ मधेस सरकारले पाँच लाख सहयोग गर्ने

मधेसखबर

वीरगन्ज,१० भदौ : मधेस प्रदेश सरकारले न्यायका लागि सङ्घर्ष गरिरहेकी कुमारी आमा  निहारिका राजपुतलाई पाँच लाख सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

मधेस प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिकालाई पाँच लाख सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।

मन्त्री साहले निहारिकालाई कानुनी लडाइँका लागि मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको सिफारिसमा सो रकम सहयोग गरिएको जानकारी दिए। उनले न्यायाधिवक्ता कार्यालयबाट निहारिकालाई आवश्यक सहयोगसमेत प्रदान गरिने जानकारी दिए।

Related posts

बारामा भूमि आयोगद्वारा जग्गाको नापजाँच शुरु

MadhesKhabar

विपी उद्यान खाली गराउन थोक तरकारी बजारमा तेस्रो पटक चल्यो वीरगन्ज महानगरको डोजर

MadhesKhabar

आज महानवमी: नवरात्रीकाे अन्तिम दिन विशेष पूजा आरधना गरिदैं

MadhesKhabar

Leave a Comment