Madhes Khabar
स्थानिय हेडलाइन

भोजपुरी भाषामा समाचार बुलेटीन प्रकाशन र प्रसारण गर्ने वीरगन्ज महानगरको घोषणा

वीरगन्ज,८असार:वीरगन्ज महानगरपालिकाले राष्ट्रिय समाचार समिति (रासस)सँग समन्वय गरेर भोजपुरी भाषामा समाचार ‘बुलेटिन’ प्रकाशन गर्ने घोषणा गरेको छ ।

शनिबार आयाेजित वीरगन्ज महानगरपालिकाकाको १५औँ नगर सभामा आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वीरगन्जका मेयर राजेशमान सिंहले यस्ताे घाेषणा गरेका हुन् ।उनले राष्ट्रिय समाचार समिति(रासस)बाट भोजपुरी भाषामा पनि समाचार बुलेटिन प्रकाशन एवं प्रसारण गरिने बताए ।

“भोजपुरी समाचार प्रकाशनलाई प्राथमिकतामा राखेर त्यसलाई नीति तथा कार्यक्रममा नै समावेश गरिएको छ,” मेयर सिंहले भने ।वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आजीवन पत्रकारिता गरेका वीरगन्जका ज्येष्ठ नागरिक पत्रकारलाई महानगरपालिकाले निवृत्तिभरण (पेन्सन)को व्यवस्था गर्ने घोषणापनि गरेको छ ।

“सञ्चारगृह र पत्रकारहरूलाई विपतका बेला आवश्यक सहयोग उपलब्ध गराउन विपत् राहत कोषको स्थापना गरिनेछ”, मेयर सिंहले भने, “महानगरमा दर्ता तथा सञ्चालनमा रहेका सञ्चारमाध्यमका लागि समानुपातिक ढङ्गले वितरण हुने लोककल्याणकारी विज्ञापनको व्यवस्थालाई निरन्तरता दिइनेछ ।”

वीरगन्ज महानगरपालिकाले नेपाल पत्रकार महासंघ पर्साको संस्थागत विकासका लागि पनि सहयोग गर्ने जनाएको छ । रासस

Related posts

हिन्दुहरूको अत्यन्त प्राचीन् पर्व होली मधेसमा आज मनाइदैं

MadhesKhabar

पर्साकाे सिडिओ कार्यालयका अधिकृतकाे गाेली हानी हत्या गर्ने कुख्यात अपराधी गिरी १६ बर्षपछि पक्राउ 

MadhesKhabar

वीरगंज–२४ रामगढवामा कांग्रेस कार्यकर्ता भेला सम्पन्न- चौरसियाको नेतृत्वमा चुनावी तयारी तीव्र

MadhesKhabar

Leave a Comment