Madhes Khabar
स्थानिय

पर्सामा सुकुम्बासीहरुलाई जग्गा वितरण प्रकृया पारदर्शी बनाउने आयोगको प्रतिबद्धता

वीरगन्ज,५बैशाखःवीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी वडा स्तरीय सहजीकरण समितिको बैठक शुक्रबार सम्पन्न भएको छ। बैठकमा भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदले जग्गा वितरण सम्बन्धी विद्यमान कानुनी प्रक्रिया र आयोगको कार्ययोजनाका विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए।

बैठकमा जग्गा वितरण प्रक्रियालाई पारदर्शी, निष्पक्ष र तिव्र बनाउन समितिका पदाधिकारी र सदस्यहरुले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए । साथै बैठकमा सरकार तथा सम्बन्धित निकायसँग समन्वय गर्दै दीर्घकालीन समाधानका उपायहरू खोज्ने निर्णय समेत गरिएको छ ।

बैठकले आगामी दिनमा वडा स्तरीय सहजीकरण समितिका क्रियाकलापहरूलाई थप प्रभावकारी बनाउँदै भूमिहिन तथा सुकुम्बासी समुदायका अधिकार सुनिश्चित गर्न निरन्तर प्रयास गर्ने निष्कर्ष निकालेको छ।

वडाध्यक्ष राधाकृष्ण रौनियारको अध्यक्षतामा बसेको बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिका साथै भूमि समस्या समाधान आयोगकी सर्र्वेक्षक मिना चौधरी, अमिन सुराज साह लगायतकोपनि सहभागिता थियो ।

Related posts

पटेर्वा सुगौली गाँउपालिकाको कार्यालय अब आफ्नै सुविधासम्पन्न भवनबाट सञ्चालन

MadhesKhabar

पर्साकाे ठाेरीमा आतंक मच्चाउने बाघ नियन्त्रणमा

MadhesKhabar

जनकपुरको संघीय प्रहरी इकाई कार्यालय वीरगन्जमा सारियो

MadhesKhabar

Leave a Comment