Madhes Khabar
स्थानिय

वीरगन्जमा सांकेतिक भाषा सम्बन्धि १० दिने तालिम सम्पन्न

वीरगन्ज, २७ जेष्ठ : बहिरा नागरिकसँग संचार गर्न सहज होस् भन्ने उदेश्यले वीरगन्जमा सरोकारवालाहरुलाई सांकेतिक भाषाको तालिम दिइएको छ ।

पर्सा बहिरा संघको आयोजना र वीरगन्ज महानगरपालिकाको सहयोगमा सरोकारवालाहरुलाई १० दिने आधारभूत सांकेतिक भाषा तालिम दिइएको हो ।

१० दिनको तालिमबाट प्रशिक्षार्थीले सांकेतिक भाषाका आधारभूत ज्ञान सिकेका छन् । सार्वजनिक सेवा प्रदान गर्ने कार्यालयका प्रतिनिधिलाई बहिरा नागरिकसँग संचार गर्न सहज होस् भनेर तालिम दिइएको पर्सा बहिरा संघका उपाध्यक्ष समिक्षा सापकोटाले बताइन् ।

भाषागत ज्ञान बृद्धिका लागि तालिम फलदायी रहेको र तालिममा सिकेका ज्ञान व्यवहारमा उतार्दै बहिरा नागरिकहरुसँग सहज संचार गर्ने वातावरण बनाएको महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए ।

२५ जना प्रशिक्षार्थी सहभागि तालिम जेष्ठ १६ गतेबाट सुरु भएर शुक्रबार सम्पन्न भएको हो ।

Related posts

मुर्लीका युवतीहरुलाई आत्मनिर्भर बनाउन उपकार सेवाले दियो सिलाई कटाईको तालिम

MadhesKhabar

परवानीपुरमा यात्रुवाहक बसबाट ठूलो परिमाणमा लागु औषधसहित पोखराका केसी पक्राउ

MadhesKhabar

गौर हत्या काण्डका दोषीहरुलाई कारबाहीको माग गर्दै कलैयामा प्रदर्शन

MadhesKhabar

Leave a Comment