Madhes Khabar
स्थानिय हेडलाइन

मुर्लीका युवतीहरुलाई आत्मनिर्भर बनाउन उपकार सेवाले दियो सिलाई कटाईको तालिम

वीरगन्ज,१३फागुनःपरोपकारी संस्था उपकार नेपालले वीरगन्ज–१४ नयाँ टोल मुर्लीका ३० जना युवतीहरुलाई सिलाई कटाई तालिम दिएको छ ।

युवती र महिलाहरुलाई सीपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने उदेश्यले उपकार सेवा नेपालले नयाँ टोलका युवतीहरुलाई दुई महिने तालिम दिएको हो ।

तालिमको समापना कार्यक्रममा तालिम सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै उपकार सेवा नेपालकी अध्यक्ष विद्याकुमारी सरावगीले दुई महिने तालिमले युवतीहरुलाई आत्मनिर्भर बनाउने अपेक्षा आँफुहरुले गरेको बताइन् । तालिम पश्चात अब घर वा कुनै टेलर्समा गएर काम गरेर आफ्नो आर्थिक अवस्थामा सुधार ल्याउन सकिने उनले बताइन् ।

तालिमको समापन कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारु, संस्थाकी अभिभावक पदमादेवी सरावगी,सदस्य सुमन बगेडियार लगायतकाको पनि उपस्थिति थियो ।

Related posts

पिपरडारीमा छैन चुनावको उत्साह, गाँउले भन्छन् : नेता भनेका साच्चै स्वार्थी हुन्छन्

MadhesKhabar

पर्सामा मोटरसाइकल दुर्घटना हुदा एक बालकको मृत्यु

MadhesKhabar

तिलावे नदिको पक्की पुल बन्यो , बुधबार उद्घाटन

MadhesKhabar

Leave a Comment