Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

बिन्दवासिनी मन्दिरको सौन्दर्यकरणको काम तत्काल सुरु गर्न वीरगन्जका मेयर सिंहको निर्देशन

वीरगन्ज,६कार्तिकःवीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जकै प्रमुख शक्तिपिठ मध्येको एक बिन्दवासिनीमाई मन्दिरको सौन्दर्यकरणका लागि तत्काल काम सुरु गर्न निर्देशन दिएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १९ केहुनियामा अवस्थित बिन्दवासिनीमाई मन्दिरको सौन्दर्यकरणका लागि महानगरपालिकाले केहि समयपहिले काम थालेकोमा लाइटिंग लगायतका केहि काम अधुरो रहेको छ ।

मंगलबार महानगरका कर्मचारीको टोलीसंगै बिन्दवासिनीमाई मन्दिरमा पुगेका मेयर सिंहले मन्दिर प्रांगणको स्थलगत अवलोकन गरेपछि बाँकी रहेका सौन्दर्यकरणका काम तत्काल सुरु गर्न मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रलाल साह र महानगरका कर्मचारीलाई निर्देशन दिए ।

त्यसक्रममा मेयर सिंहले मन्दिरमा लाइटींग बत्ती लगाउन तथा कम्पाउण्डभित्र अधुरा रहेका सौन्दर्यका कारण काम मंगलबार अर्थात आजैदेखि सुरु गर्नपनि निर्देशन दिए ।

Related posts

पानीकाे समस्या समाधान गर्न वीरगन्ज महानगरले ४ हजार घरमा नि:शुल्क धारा जडान गर्दै

MadhesKhabar

समाज सेवामा रुंगटा वेल फेयर सोसाइटी : छठमा गरिब विपन्न महिलाहरुलाई साडी वितरण

MadhesKhabar

नारायणी अस्पताल फेरि प्रथम सेवा विन्दु र रिफरल सेन्टरका रुपमा कायम

MadhesKhabar

Leave a Comment