Madhes Khabar
समाज हेडलाइन

समाज सेवामा रुंगटा वेल फेयर सोसाइटी : छठमा गरिब विपन्न महिलाहरुलाई साडी वितरण

मधेसखबर
वीरगन्ज, ११ कार्तिक : रुंगटा वेल फेयर सोसाइटीले यस वर्षको छठ पर्बमा पनि आर्थिक रुपमा विपन्न परिवारका ब्रतालुहरुलाई छठ पूजामा चाहिने विभिन्न सामाग्रीहरु वितरण गरेको छ ।

सोसाइटीका कोषाध्यक्ष सुरेश रुंगटाले आफै गाँउ गाँउ पुगेर गरिब र विपन्न परिवारका महिलाहरुलाइ छठ पूजाका लागि चाहिने लत्ताकपडाका साथै अन्य सामाग्री वितरण गरेका हुन् ।

रुंगटा वेल फेयर सोसाइटीले वीरगन्ज महानगरपालिका वडा नम्बर १८ सुखचैनामा छठको ब्रत गर्ने १७५ जना महिलालाई एक एक थान साडी वितरण गरेको छ । यसैगरि वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा २३० जना महिलालाई र वीरगन्ज कारागारमा रहेका महिला कैदीबन्दीहरुलाइ पनि ७५ थान साडी र प्रसाद बनाउन चाहिने गहुको पिठो वितरण गरिएको रुंगटाले जानकारी दिए ।

यसअघि बिहीबार पनि बाराको परवानीपुर गाँउपालिकाको चैनपुर र लिपनीमा २२० थान साडी महिलालाइ वितरण गरिएको रुंगटा वेल फेयर सोसाइटीले जनाएको छ ।

छठ पर्ब सबैको साझा पर्ब भएको र पर्बमा खर्चको अभावमा कोहि पनि पर्ब मनाउनबाट बन्चित नहोस् भन्ने उदेश्यले हरेक वर्ष छठ पर्बका बेला ब्रत गर्ने महिलाहरुलाइ सहयोग गर्दै आएको सोसाइटीका कोषाध्यक्ष रुंगटाले बताए ।

Related posts

महावीर पुनले चलाएको वीरगन्ज कृषि औजार कारखानाबाट १७ लाखका औजार बिक्री

MadhesKhabar

वीरगन्जमा चुनाव प्रचारको ध्वनी प्रदुषणले मतदाता आजित

MadhesKhabar

वीरगन्ज महानगरले उद्योगमै फाेहाेर थुपार्न थालेपछि उद्योगीहरुले फेरि जनाए प्रतिबद्धता

MadhesKhabar

Leave a Comment