Madhes Khabar
मधेस प्रदेश हेडलाइन

जसपा अध्यक्ष उपेन्द्र यादवले मागे मुख्यमन्त्री लालबाबु राउतको राजिनामा

मधेसखबर
वीरगन्ज,०६ भदौ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मूख्यमन्त्री मोहम्मद लालबाबु राउतको राजीनामा मागेका छन् ।
जसपा पार्टीको उच्च स्रोतले दिएको जानकारी अनुसार अध्यक्ष यादवले दुई कारण देखाउँदै राउतलाई तुरुन्त मुख्यमन्त्री पद छाड्न निर्देशन दिएका हुन् ।

‘अध्यक्षजीले दुईवटा कारण दिनुभएको छ,’ पार्टीका उच्च पदाधिकारीले भने, ‘मूख्यमन्त्री स्वच्छता अभियानमा भएको भ्रष्टाचार, अनि बेटी बचाऊ, बेटी पढाऊ अभियानमा भएको चरम अनियमितता । हेर्नोस् न, अख्तियारले नै छापा हानिसक्यो । मधेसमा हाम्रो सरकारले बेइज्जती कमायो ।’

ती नेताका अनुसार पछिल्लो जसपाको राजनीतिक समिति बैठकमै अध्यक्ष यादवले राउतलाई मूख्यमन्त्रीबाट फिर्ता हुन चेतावनी दिइसकेका छन् । यसबारे राउतको जवाफ प्राप्त हुन सकेको छैन ।
यो समाचार अनलाइनखबरमा छ ।

Related posts

अनाधिकृत रुपमा डिप बाेरिङ जडान गर्नेलाई वीरगन्ज महानगरले गर्याे ५ हजार जरिवाना

MadhesKhabar

सिर्सिया सुक्खा बन्दरगाहको जग्गा अधिग्रहण प्रक्रिया अझै टुंगिएन

MadhesKhabar

कुख्यात अपराधी बब्लु आखीर कहाँबाट पक्राउ परे ? के छ उनको अपराधिक श्रृंखला ?

MadhesKhabar

Leave a Comment