Madhes Khabar
स्थानिय हेडलाइन

एक वर्षपछि वीरगन्जको मुहार अझ फेरिनेछ:मेयर सिंह

वीरगन्ज,१३पुष:वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले एक वर्षपछि वीरगन्जको मुहार अझ फेरिने बताएका छन्।

शुक्रबार वीरगन्जमा आयाेजित `भाेजपुरी सिने अवार्ड´ समाराेहलाई प्रमुख अतिथिका रुपमा सम्बबधन गर्दै मेयर सिंहले यस्ताे बताएका हुन्।उनले भने,`वीरगन्जलाई वैभव वीरगन्ज बनाउने अभियानमा हामी लागेका छाैं, १ वर्षमा वीरगन्जमा केहि परिवर्तन ल्याएका छाैं ।अबकाे एक वर्षपछि वीरगन्जकाे मुहार अझ फेरिनेछ। ´

मेयर सिंहले वीरगन्जलाई वैभव वीरगन्ज बनाउने अभियान नेपाली चलचित्र क्षेत्रका कलकारहरुकाे साथ र सहयाेगकाे अपेक्षा गरेकाेपनि बताए।

कार्यक्रम सरिक नेपाली चलचित्र बाेर्डका अध्यक्ष एंव नायक भुवन केसी,वरिष्ठ अभिनेता नीर शाह लगायतका कलकारहरुलाई इंगित गर्दै मेयर सिंहले भाेजपुरी चलचित्र र मधेसका कलाकारकाे उत्थानमा ध्यान दिन आग्रह गरे।उनले भने,` काठमाडौंकाे खाल्डाेबाट बाहिर निस्किएर मधेसलाईपनि हेरिदिनुस्।नेपाली भाषाकामात्र नभई भाेजपुरी भाषाका चलचित्रहरु पनि बनाइदिनुस्।मधेसका सिने कलाकारहरु ओझेलमा छन् ।उनिहरुकाे कला र क्षमतालाई प्राेत्साहन गरिदिने वातावरण र अवसर प्रदान गरिदिनुस् ।´

उनले पहिलाे पटक आयाेजित `भाेजपुरी सिने अवार्ड´ लाई आगामी दिनमापनि निरन्तरता दिनुपर्नेमा जाेड दिए। त्यसका लागि वीरगन्ज महानगरपालिकाले सहयाेग गर्ने प्रतिबद्धतापनि उनले जनाए।

Related posts

पाेखरियाकाे विधुत प्राधिकरण अगाडि माओवादी नेता कार्यकर्ताहरुकाे धर्ना र प्रदर्शन

MadhesKhabar

कांग्रेसले तय गर्‍यो बाराका चारवटै क्षेत्रमा उम्मेदवार, सबै गगन पक्षका

MadhesKhabar

चिसाे बढेपछि वीरगन्ज महानगरपालिकाले विद्यालयमा दियाे ८ दिनकाे जाडाे विदा

MadhesKhabar

Leave a Comment