Madhes Khabar
स्थानिय हेडलाइन

अव्यवस्थित तारहरु ७ दिन भित्र हटाउन वीरगन्ज महानगरकाे निर्देशन

मधेसखबर
वीरगन्ज ,१६ मंसिर : वीरगन्ज महानगरपालिकाकाे कार्यालयले महानगर भित्र रहेका अव्यवस्थित तारहरु व्यवस्थापन गर्न ७ दिनकाे अल्टिमेटम सहितकाे सुचना जारी गरेको छ ।

महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले बिहीबार जारी गरेकाे सुचनामा महानगर क्षेत्रभित्र मुख्य सडक र शाखा सडक छेउमा रहेका विधुतीय पोल र टेलिकमका पाेलहरुमा विभिन्न कम्पनीका नेट सेवा प्रदायकहरुले तथा अन्य संस्थाहरुले टांगेका तारहरु अव्यवस्थित रहेकाे र यसले महानगरको सौर्न्दर्यतालाई नै कुरुप बनाएकोले ७ दिन भित्र त्यस्ता तारहरुको व्यवस्थापन गर्न निर्देशन दिइएकाे छ ।

अव्यवस्थित तारका कारणले धेरै दुर्घटना पनि हुदै आएको र आगामी दिनहरूमा पनि यसबाट अन्य मानवीय दुर्घटना हुनसक्ने हुदा ती तारहरुको व्यवस्थापन गर्न सुचना जारी गरिएको महानगरका मेयर राजेशमान सिंहले बताए ।

बिहीबार सुचना जारी गरिएको दिनदेखि ७ दिनभित्र व्यवस्थापन नगरी सुचनालाइ अटेर गरि बेवास्ता गरेमा आवश्यक कार्यवाहीको प्रक्रिया अगाडि बढाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्णले बताए ।

Related posts

बाराको रिलायन्स चिनी मिलले चर्को ढुवानी भाडा लिएर ठगेको पर्साका किसानहरुको आरोप

MadhesKhabar

नारायणी अस्पतालमा दलाल र बिचौलियाविरुद्ध कडाइ गर्न सांसद कानुले सीडीओसंग गरे छलफल

MadhesKhabar

वीरगन्जमा हिन्दुवादीहरुकाे प्रदर्शन, बजार बन्द,ठाँउ ठाँउमा झडप

MadhesKhabar

Leave a Comment