Madhes Khabar
स्थानिय हेडलाइन

अव्यवस्थित तारहरु ७ दिन भित्र हटाउन वीरगन्ज महानगरकाे निर्देशन

मधेसखबर
वीरगन्ज ,१६ मंसिर : वीरगन्ज महानगरपालिकाकाे कार्यालयले महानगर भित्र रहेका अव्यवस्थित तारहरु व्यवस्थापन गर्न ७ दिनकाे अल्टिमेटम सहितकाे सुचना जारी गरेको छ ।

महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले बिहीबार जारी गरेकाे सुचनामा महानगर क्षेत्रभित्र मुख्य सडक र शाखा सडक छेउमा रहेका विधुतीय पोल र टेलिकमका पाेलहरुमा विभिन्न कम्पनीका नेट सेवा प्रदायकहरुले तथा अन्य संस्थाहरुले टांगेका तारहरु अव्यवस्थित रहेकाे र यसले महानगरको सौर्न्दर्यतालाई नै कुरुप बनाएकोले ७ दिन भित्र त्यस्ता तारहरुको व्यवस्थापन गर्न निर्देशन दिइएकाे छ ।

अव्यवस्थित तारका कारणले धेरै दुर्घटना पनि हुदै आएको र आगामी दिनहरूमा पनि यसबाट अन्य मानवीय दुर्घटना हुनसक्ने हुदा ती तारहरुको व्यवस्थापन गर्न सुचना जारी गरिएको महानगरका मेयर राजेशमान सिंहले बताए ।

बिहीबार सुचना जारी गरिएको दिनदेखि ७ दिनभित्र व्यवस्थापन नगरी सुचनालाइ अटेर गरि बेवास्ता गरेमा आवश्यक कार्यवाहीको प्रक्रिया अगाडि बढाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्णले बताए ।

Related posts

वीरगन्जका सरकारी विद्यालयमा पुगेर विद्यार्थीसंगै अभिभावकलाई पनि भेट्दै मेयर सिंह

MadhesKhabar

वीरगन्जमा थप सिसिटिभी क्यामेरा जडानका लागि बैंकहरुले दिए १७ लाख ७५ हजार रुपैयाँ

MadhesKhabar

वीरगन्जको बजारमा बिक्न छोड्यो मजदुरको पसिना

MadhesKhabar

Leave a Comment