Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

हनुमान जयन्तिको शोभा यात्रमा ‘जय श्रीराम ’को नाराले गुन्जयमान बन्यो वीरगन्ज शहर (फोटो फिचर)

वीरगन्ज,२१ चैत : श्रीरामभक्त हनुमान भगवानको जन्मोत्सव (हनुमान जयन्ति)को उपलक्ष्यमा शनिबार वीरगन्जमा बिशाल शोभायात्रा निकालेर हिन्दु धर्मावलम्बीहरुले प्रदर्शन गरेका छन् ।

वीरगन्जको घण्टाघरबाट शुरु भएको भगवान हनुमानको शोभायात्रामा वीरगन्ज महानगरका हअधिकांश वडाका हिन्दु धर्मप्रति आस्था राख्ने सर्वसाधरणले स्वस्फूर्त रुपमा सहभागीता जनाएका थिए । शोभायात्राले वीरगन्ज महानगरको शहरी क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो ।

हिन्दु धर्मको प्रतिक तरबार, त्रिशुल सहित भगवा झण्डा , डिजे र भगवान हुनमानको झाँकी सहित शोभायात्रात्रमा सहभागीहरुले जय श्रीरामको जयकारा लगाउदा शनिबार दिउँसो देखि साँझ सम्म वीरगन्ज शहर पुरै जयश्रीरामको नाराले गुन्जयमान भएको शोभायात्रमा सहभागी वीरगन्ज १० घडीअर्वाका अजय कुमार गुप्ताले बताए ।

शोभायात्राका बेला वीरगन्जको घण्टाघर देखि अलखीयामठ सम्मको मनेरोड यात्रामा सहभागीहरुको भिडले खचाखच भरिएको थियो । कुनै अप्रिय घटना हुन नदिन शनिबार दिउँसो देखि नै वीरगन्ज नगरक्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी भारी संख्यामा परिचालन पनि गरिएको थियो ।

यस्तै शोयात्रामा सहभागी भक्तजननहरुहरुका लागि विश्व हिन्दु परिषद, बजरंग दल लगायतकार हिन्दुवादी तथा साबिह दरबारका साथैै विभिन्न संघसंगठनहरुले नगरका विभिन्न स्थानमा सर्बत र पानीको स्टल पनि राखेका थिए ।

शनिबारको शोभा यात्रामा पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त, पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानु, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहपनि सहभागी भएका थिए ।

 

Related posts

उज्यालो वीरगन्ज अभियान : झिलिमिली बन्दै वीरगन्ज महानगर

MadhesKhabar

मकवानपुर र धादिङको गाँजा–चरेस पर्सालाई ट्रान्जिट बनाएर भारतमा तस्करी

MadhesKhabar

पर्सामा फेरि सुरु भयो लागू औषध गाँजाको खेती

MadhesKhabar

Leave a Comment