Madhes Khabar
स्थानिय

वीरगन्जको मेनरोड विस्तारको विरोधमा बजार बन्दको आह्वान

वीरगन्ज,१९असारःवीरगन्ज महानगरपालिकाले त्रिभुवन रमापथ अन्तर्गत पर्ने गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडक विस्तारका लागि सोमबारदेखि थालेको सडक क्षेत्रभित्रका संरचना हटाउने कार्यको विरोधमा घरधनीहरुले शुक्रबार बजार बन्दको आह्वान गरेका छन् ।

बिहीबार राणीसती धर्मशालामा बसेको वीरगन्ज बचाउ संघर्ष समिति र वीरगन्ज युवा तथा व्यपारी सडक पिडित संघर्ष समितिको बैठकले मेनरोड विस्तारका लागि महानगरले थालेको तोडफोडको विरोधमा शुक्रबार बिहानदेखि ११ बजेसम्म बजार बन्द गर्ने निर्णय गरेको हो । साथै बैठकले मेनरोडका हरेक घरमा कालो झण्डा राख्ने निर्णयपनि गरेको वीरगन्ज बचाउ संघर्ष समितिका अध्यक्ष जवाहर गुप्ताले जानकारी दिए ।

यसअघि उनिहरुले गत मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै संरचना भत्काउने महानगरको कार्य तत्काल रोक्न माग गरेका थिए।

वीरगन्ज महानगरपालिकाले भने सर्वोच्च अदालतको फैैसला कार्यान्वयनका लागि भन्दै सोमबारदेखि वीरगन्ज भन्सार क्षेत्रबाट सडक विस्तारको काम सुरु गरेको जनाएको छ । त्यसक्रममा महानगरपालिकाले डोजर लगाएरर  सडक क्षेत्रमा पर्ने संंरचनाहरु भत्काएर हटाइरहेको छ ।’

तर मुख्य सडकक्षेत्रभित्र घर पर्ने घरधनीहरुले वीरगन्ज महानगरपालिकाले आफ्नो क्षेत्राधिकार बाहिर गएर घरटहराहरु भत्काइरहेकाले उक्त कार्य तत्काल रोक्नुपर्ने माग गरेका छन् ।

 

Related posts

विपी उद्यानको जग्गा अन्य प्रायोजनमा प्रयोग नगर्न अदालतको आदेश

MadhesKhabar

वीरगन्जमा तीन दिनदेखि लाग्दै आएकाे कर्फ्यु पूर्णरूपमा हट्याे

MadhesKhabar

सडक पेटीको तरकारी बजार गितामन्दिर नजिकको खाली जग्गामा स्थानान्तरण

MadhesKhabar

Leave a Comment