वीरगन्ज,७भदाैं:वीरगन्ज-१६ नयाँ बसपार्क परिसरभित्र वृक्षारोपण गरिएको छ।साहिब दरबार पर्साकाे आयाेजनामा साेमबार नयाँ बसपार्क परिसरमा विभिन्न प्रजातिका २ सय ५० वटा बिरुवा राेपिएकाे हाे ।
साहिब दरबारकाे पाँचौ वार्षिकोत्सवका अवसरमा आयाेजित वृक्षारोपण कार्यक्रममा ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरलेपनि समन्वय गरेकाे थियाे ।
साहिब दरबारका पुज्य सरकार महाराजकाे प्रमुख आतिथ्यता तथा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहकाे विशिष्ट आतिथ्यतामा भएकाे वृक्षारोपण कार्यक्रमकाे अध्यक्षता साहिब दरबार पर्साका अध्यक्ष उमेशलाल सहनीले गरेका थिए ।
कार्यक्रममा भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवीसहाय मीना,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,वीरगन्ज-५ का वडाध्यक्ष प्रदीप चाैरसिया,ग्रिनसिटीका अध्यक्ष जयप्रकाश खेतान,वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चाैलागाई लगायतकाेपनि सहभागीता थियाे ।

