Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जकाे मालपाेत कार्यालयबाट ८ जना बिचाैलिया पक्राउ

वीरगन्ज ,१६ माघ : मालपोत कार्यालय पर्सामा आएका सेवाग्राहीहरुलाई काम छिटो छरितो गराइदिन्छु भनी बार्गेनिङ गरेर ठगी गर्ने ८ जना ‘बिचौलिया’लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक हैरानी दिने भन्ने पटक पटक गुनासो प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार टोली खटाएको थियो ।

आइतबार दिउँसाे १ बजेतिर प्रहरी टोली पुग्दा बार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाईल च्यापी भित्र बाहिर गर्ने, सेवाग्राहीलाई अनावश्यक हैरानी दिने ८ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २७ का ३० वर्षीय दिपक पटेल, अठराहाका २१ वर्षीय सन्तोष राउत, पकाहामैनपुर गाउपालिका वडा नम्बर १ का धर्मेन्द्र सहनी, बहुदरमाई नगरपालिका वडा नम्बर ९ का हरिओम गुप्ता, पकाहामैनपुर– २ का सन्जय चौहान, वीरगन्ज– १९ का राज कुमार साह, वीरगन्ज– २६ का सुशिल साह र वीरगन्ज– २४ का शुभनारायण कोइरी रहेको बुढाथोकीले जनाए ।

उनीहरु विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको प्रनाउ बुढाथोकीले जानकारी दिए ।

Related posts

वीरगन्जको मालपोत कार्यालयबाट लेखापढी व्यवसायी कलवार पक्राउ

MadhesKhabar

वीरगन्ज–१२ का स्थानीयको आरोप : वडाध्यक्षको सौतेनी व्यवहारले बोरिङको काममा अवरोध भयो

MadhesKhabar

गहवामाई रथ यात्राका लागि वडाध्यक्ष कानुले दिए १ किलाे चाँदी

MadhesKhabar

Leave a Comment