Madhes Khabar
स्थानिय हेडलाइन

प्रेस युनियन पर्साको अध्यक्षमा चौहान र उपाध्यक्षमा साह निर्वाचित

वीरगन्ज,२ जेष्ठ : नेपाल प्रेस यूनियन पर्साको अध्यक्षमा विजय चौहान (महतो) निर्वाचित भएका छन् ।नयाँ नेतृत्व चयनका लागि सोमबार राति सम्पन्न निर्वाचनबाट अध्यक्षमा चौहान विजयी भएका हुन् । अध्यक्षमा निर्वाचित चौहानले २३ मत पाउँदा उनका प्रतिस्पर्धी लालकिशोर सिंहले १८ मत मात्रै पाए ।

यस्तै प्रेस युनियन पर्साको उपाध्यक्ष (खुल्ला)मा क्रान्ति साह निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष (समावेशी)मा अलिअसगर देवान , सचिवमा इरफान अली ,कोषाध्यक्षमा कपिलदेव यादव र सहसचिवमा आरजु देवकोटा पनि निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत रामाशीष यादवले जानकारी दिए ।

यस्तै सदस्यमा सन्जय कुमार, राकेशप्रसाद चौरसिया, जंगबहादुर पटेल, ओमप्रकाश चौधरी, हुकुम सिंह राजपुत ,नुर आलम लगायत पनि निर्विरोध निर्वाचित भएका छन् ।

Related posts

सीए पढ्न अब काठमाडौं जानु पर्दैन, वीरगन्जमै खुल्यो ‘गुरुकुल सीए कलेज’

MadhesKhabar

पर्सामा बाघको आक्रमणबाट एक युवक घाइते

MadhesKhabar

बारामा रास्वपा छाड्ने नेताहरुको लर्को ,संगठन विभाग प्रमुख चौधरीले पनि गरे पार्टी परित्याग

MadhesKhabar

Leave a Comment