Madhes Khabar
स्थानिय हेडलाइन

नेपाल पत्रकार महासंघ पर्सामा पत्रकारहरुले नै गरे तालाबन्दी

वीरगन्ज,१४जेष्ठ:समाजवादी प्रेस संगठन नेपाल पर्साले नेपाल पत्रकार महासंघकाे पर्सा जिल्ला शाखामा तालाबन्दी गरेको छ ।

जालझेल र नियतबस नेपाल पत्रकार महासंघको सदस्यता सूचीबाट केही क्रियाशिल पत्रकारलाई हटाइएको र मापदण्ड पूरा गरेपनि केही क्रियाशिल पत्रकारलाई सदस्यता नदिएको प्रति समाजवादी प्रेस संगठनले आपत्ती जनाउँदै तालाबन्दी गरेकाे हाे ।

नेपाल पत्रकार महासंघले गैर पत्रकारहरुलाई समेटेर पत्रकारहरुको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको र कृयाशिल पत्रकारहरुलाई विभेदपूर्ण ढंगवाट हटाएको आरोप लगाउँदै संगठनले उक्त नामावली खारेजीको माग गर्दै महासंघमा तालाबन्दी गरेकाे संगठनका केन्द्रिय सदस्य मनाेज पटेलले बताए ।

पत्रकार महासंघले गैर पत्रकारहरुलाई समेटेर महासंघको आगामी जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्नेगरी सदस्यता नामावली छापामार शैलीमा ल्याएकोले त्यसको खारेजीको माग गर्दै पत्रकार महासंघ जिल्ला शाखामा तालाबन्दी गरिएकाे संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनले बताए ।

उनले सदस्यता न्यायोचित नहुँदासम्म आफूहरुले महासंघको आगामी निर्वाचनको काममा अवरोध ल्याउने खालको गतिविधिलाई अघि बढाउने चेतावनी पनि दिए।

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले सार्वजनिक गरेको सूचीमा समाजवादी प्रेस संगठनका केन्द्रीय सचिव बृजलाल पासवानको सदस्यता हटाएको र संगठन पर्साका सहसचिव श्याम सर्राफको सबै प्रक्रिया पूरा भएपनि सदस्यता नदिएको प्रति संगठनकाे आपत्ती रहेकाे छ ।

Related posts

पर्साकाे ठाेरीमा बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्युु

MadhesKhabar

युवालाई स्वरोजगार बनाउन सीपमुलक तालिम दिन महानगर तयार छ : मेयर सिंह

MadhesKhabar

सखुवा प्रसौनी–१ मा सुकुम्बासीहरुसंग अन्तरक्रिया तथा स्थलगत प्रमाणिकरण कार्यक्रम सम्पन्न

MadhesKhabar

Leave a Comment