Madhes Khabar
स्थानिय

वीरगन्जमा चामल बाँडेको आरोपमा एक व्याक्ति नियन्त्रणमा

मधेसखबर
वीरगन्ज,२९ बैशाख :
वीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा बिहीबार मतदातालाइ प्रभावित पार्न चामल बाडेको आरोपमा एक जनालाइ प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरि छाडेको छ ।
वडा नम्बर २१ मा वडाअध्यक्षका एक उम्मेदवारको पक्षमा मतदान गर्न प्रलोभन दिदै चामलको कुपन बाडेको सुचना प्रहरीलाइ आएको थियो । त्यसपछि खटिएको प्रहरी टोलीले त्यहाबाट ती व्याक्तिलाइ नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको थियो । प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गर्ने क्रममा ती व्याक्ति चामलको व्यपारी रहेपनि उनले मतदातादलाइ चामल वा त्यसको कुपन बाडेको पुष्टि नभएपछि उनलाइ छाडिदिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले बताए ।
स्थानीयले भने एमालेबाट वडा अध्यक्षका उम्मेदवार हबीब मियाले मतदातालाइ प्रभावित पार्न ती व्याक्तिलाइ चामल बाड्न खटाएको आरोप लगाएका थिए ।
तर अनुसन्धानका क्रममा स्थानीयले आरोप लगाएको जस्तो कुनै प्रमाण फेला नपरेपछि सोधपुछ गरेर ती व्याक्तिलाइ छाडि दिएको प्रहरी नायव उपरिक्षक खनालले जानकारी दिए ।
नियन्त्रणमा लिएर छाडिएका ती व्याक्तिको परिचय खुलाउन आवश्यक नदेखिएकाले पहिचान गोप्य राखिएको खनालले बताए ।

Related posts

वीरगन्ज-पथलैया सडक खण्डमा माेटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिदाँ ३ जनाकाे मृत्यु

MadhesKhabar

राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

MadhesKhabar

ठाकुरराम क्याम्पस : मतपेटिकाको शिलबन्दी नम्बर नमिलेपछि विवाद, मतगणना अवरुद्ध

MadhesKhabar

Leave a Comment