Madhes Khabar
स्थानिय हेडलाइन

बारा-पर्सामा नेपाली नक्कली नाेटकाे काराेबार गर्ने गिराेह पक्राउ

बारा,२५माघ:जिल्ला प्रहरी कार्यालय बाराले नक्कली रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय बारामै बिहीबार पत्रकार सम्मेलन गरी बरामद गरिएको ६१ हजार नक्कली रुपैयाँसहित पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरिएको हो।

पक्राउ पर्नेमा पर्साकाे वीरगन्ज महानगरपालिका -१० का विशाल कुमार श्रीवास्तव र निरज श्रीवास्तव ,सर्लाहीकाे चन्द्रनगर गाउँपालिका -३ का रामचन्द्र महतो, बाराकाे परवानीपुर गाउँपालिका-५ का सुमित साह र सन्तोष पटेल रहेका छन्।

विशेष सूचनाका अधारमा बुधबार बिहान जितपुर सिमरा उपमहानगरपालिकाको जितपुर बजारबाट पचास हजार नक्कली नेपाली नोटसहित रामचन्द्र महतोलाई पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।

महतो पक्राउ परेपछि कारोबारीका बारेमा अनुसन्धान गर्दै जाँदा गिरोहका मुख्य नाइके विशाल कुमारसहित अन्य सहयोगीलाई पनि पक्राउ गर्न सकिएको काफ्लेले बताए।

काफ्लेका अनुसार पक्राउ परेकाहरुले पाँच तहमा खटेर नक्कली रुपैयाँकाे कारोबार फैलाएको अनुसन्धानबाट खुलेको छ। यसमा भारतीय र नेपाली दुवैतर्फका व्यक्तिको संलग्नता रहेको उनले बताए।

Related posts

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

MadhesKhabar

रौतहटमा कार्यरत असई रागनी यादव देशभरमै ”सर्वोत्कृष्ट प्रहरी” घोषित

MadhesKhabar

रुपेश स्वर्णकार हत्या प्रकरण : पक्राउ परेका युवतीसहित ७ जना जेल चलान

MadhesKhabar

Leave a Comment