Madhes Khabar
स्थानिय हेडलाइन

रुपेश स्वर्णकार हत्या प्रकरण : पक्राउ परेका युवतीसहित ७ जना जेल चलान

फाइल फाेटाे।

वीरगन्ज,२५पुष:बाराको कलैया उपमहानगरपालिका–६ निवासी बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका युवतीसहित सात जना जेल चलान भएका छन्।

स्वर्णकारको हत्या आरोपमा पक्राउ परेकी उनकी प्रेमिका भनिएकी राधा गुप्तासहित सात जनालाई बारा जिल्ला अदालतले जेल चलान गरेको हाे।बारा जिल्ला अदालतमा कर्तव्य ज्यान, संगठित अपराध तथा हातहतियार खरखजाना मुद्दाको थुनछेक बहसमा अदालतले सात जनालाई जेल चलान गरेको अदालतका सूचना अधिकारी कृष्णप्रसाद दाहालले जानकारी दिए।हत्यामा संलग्न बाँकी चार जना भने फरार छन्।

स्वर्णकार हत्या प्रकरणमा अदालतमा कुल ११ जनाविरुद्ध पुस १६ गते कर्तव्य ज्यान, संगठित अपराध तथा हातहतियार खरखजाना मुद्दा दर्ता भएको थियो।

पुस १७ गतेदेखि लगातार पेसीको क्रममा अदालतले मंगलबार सात जनालाई जेल चलान गर्ने आदेश दिएको हो।

बारा जिल्ला अदालतका न्यायाधीश शम्भुप्रसाद बरालको इजलासले उक्त मुद्दामा आरोपितहरू कलैया–६ की राधा गुप्ता, कलैया–२२ का प्रवीणकुमार साह, सुवर्ण गाउँपालिका–८ का बिगु कुमार कानु, सुवर्ण गाउँपलिका–४ का चन्द्रिकाप्रसाद यादव, रौतहटको मोलापुर नगरपालिका–६ बस्ने कौशल किशोर यादव, सन्तोषप्रसाद र अरुण कुमारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको दाहालले बताए।

फरार हुनेमा भारत बिहारका मनोज गुप्ता, चञ्चल पाण्डे, रौतहटको मौलापुर नगरपालिका बस्ने विनोद राय यादव र विशालकुमार यादव रहेको तथा उनीहरूविरुद्ध अदालतले कानुनबमोजिम म्याद जारी गरेको उनले बताए।

यी चार जना अनुसन्धानकै क्रमदेखि हालसम्म फरार रहँदै आएका छन्। कात्तिक १३ गते कलैयामा दिउँसै गोली प्रहार गरी रुपेश स्वर्णकारको भारतीय सुटरले हत्या गरी फरार भएका थिए। सोही दिन प्रहरीले उनकी प्रेमिका भनिएकी राधासहित केहीलाई पक्राउ गरेको थियो। तर, मुख्य सुटर भनिएका भारत निवासी सुजित सिंह, चञ्चल पाण्डेसहित चार जना फरार भएका थिए।

बारा प्रहरीले सुजितलाई गोली प्रहार गर्ने सुटर सुजितलाई बाराको विश्रामपुर गाउँपालिका–३ स्थित नेपाल–भारत सीमानाकाबाट पुस १० गते राति पक्राउ गरेको थियो। उनी हाल उपचाररत छन्।साभार:देशसञ्चारबाट

Related posts

वीरगन्जको बयोधा मेडिसिटी अस्पतालले असुलेको रकम फिर्ता गर्न जनमत पार्टीको माग

MadhesKhabar

पटेर्वा सुगौली गाँउपालिकाको पहलमा २३० जनाको आँखाको निःशुल्क शल्यकृया

MadhesKhabar

जिराभवानी गाँउपालिकामा जनप्रतिनिधिहरुको भव्य स्वागतसंगै प्रप्रअ गिरीले सम्हाले कार्यभार

MadhesKhabar

Leave a Comment