Madhes Khabar
स्थानिय हेडलाइन

बाराकाे पचराैता नगरपालिकामा फेरि एक युवककाे हत्या 

फाेटाे : सामाजिक सन्जालबाट

वीरगन्ज,९असाेज: बाराकाे पचरौता नगरपालिकामा फेरि एक जनाकाे हत्या गरिएको छ । पचराैता नगरपालिका वडा नम्बर ६ पकडिया स्थित लक्ष्मीनिया पोखरीको डिल नीर मंगलबार साँझ अन्दाजी २०/२२ वर्षका एक युवकको हत्या गरिएकाे अवस्थामा शव भेटिएको हाे ।मृतककाे पहिचान खुल्न सकेकाे छैन ।

 

स्थानीय प्रत्यक्षदर्शीका अनुसार, साँझ   ६ बजेतिर माेटरसइकलमा सवार भई आएका अपरिचत व्याक्तिहरुले पाेखरीकाे डिलनिर रहेेका अन्दाजी २०/२२ वर्षका ती युवकलाई गाेली हानेर फरार भएका थिए । कन्चटकाे तल काननिर गाेली लागेका युवकको  घटनास्थलमै मृत्यु भएकाे प्रत्यक्षदर्शीले बताएका छन् ।

मृतक युवककाे अहिलेसम्म पहिचान खुल्न नसकेकाे पचराैता नगरपालिकाका मेयर जलन्धर सिंहले बताए ।घटनाकाे जानकारी पाएपछि प्रहरीको टाेली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेकाे सिंहले जानकारी दिए ।

 

यसैबिच घटनास्थलमा पुगेका एक प्रहरी अधिकृतले भने मृतककाे कानभित्रबाट रगत बगेकाे अवस्थामा शव भेटिएको बताए ।उनले भने,`गाेली हानेर मारिएकाे हाे वा हाेईन भन्ने यकिन भइसकेकाे छैन ।किनकि घटनास्थलमा गाेलीकाे खाेका भेटिएकाे छैन ।शवकाे पाेष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको यकिन कारण खुल्न सक्छ ।

 

यसअघि साेमबार पचराैता नगरपालिकाकै वडा नम्बर १ मा पर्ने नेपाल-भारत सीमाकाे दशगजा क्षेत्रमा धारिलाे हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा सशस्त्र प्रहरीका एक पुर्व जवानकाे शव फेला परेकाे थियाे ।

Related posts

भूमी समस्या समाधान आयोग पर्साको अध्यक्षमा पुन तबरेज अहमद नियुक्त

MadhesKhabar

अन्डाको मूल्य फेरि बढ्यो, अब क्रेटको कति ?

MadhesKhabar

वीरगन्जको मेन रोड विस्तारमा स्थानीयको प्रतिक्रिया : ‘काम सही होला ,तर तरिका मिलेन’

MadhesKhabar

Leave a Comment