Madhes Khabar
स्थानिय हेडलाइन

बाराकाे पचराैता नगरपालिकामा फेरि एक युवककाे हत्या 

फाेटाे : सामाजिक सन्जालबाट

वीरगन्ज,९असाेज: बाराकाे पचरौता नगरपालिकामा फेरि एक जनाकाे हत्या गरिएको छ । पचराैता नगरपालिका वडा नम्बर ६ पकडिया स्थित लक्ष्मीनिया पोखरीको डिल नीर मंगलबार साँझ अन्दाजी २०/२२ वर्षका एक युवकको हत्या गरिएकाे अवस्थामा शव भेटिएको हाे ।मृतककाे पहिचान खुल्न सकेकाे छैन ।

 

स्थानीय प्रत्यक्षदर्शीका अनुसार, साँझ   ६ बजेतिर माेटरसइकलमा सवार भई आएका अपरिचत व्याक्तिहरुले पाेखरीकाे डिलनिर रहेेका अन्दाजी २०/२२ वर्षका ती युवकलाई गाेली हानेर फरार भएका थिए । कन्चटकाे तल काननिर गाेली लागेका युवकको  घटनास्थलमै मृत्यु भएकाे प्रत्यक्षदर्शीले बताएका छन् ।

मृतक युवककाे अहिलेसम्म पहिचान खुल्न नसकेकाे पचराैता नगरपालिकाका मेयर जलन्धर सिंहले बताए ।घटनाकाे जानकारी पाएपछि प्रहरीको टाेली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेकाे सिंहले जानकारी दिए ।

 

यसैबिच घटनास्थलमा पुगेका एक प्रहरी अधिकृतले भने मृतककाे कानभित्रबाट रगत बगेकाे अवस्थामा शव भेटिएको बताए ।उनले भने,`गाेली हानेर मारिएकाे हाे वा हाेईन भन्ने यकिन भइसकेकाे छैन ।किनकि घटनास्थलमा गाेलीकाे खाेका भेटिएकाे छैन ।शवकाे पाेष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको यकिन कारण खुल्न सक्छ ।

 

यसअघि साेमबार पचराैता नगरपालिकाकै वडा नम्बर १ मा पर्ने नेपाल-भारत सीमाकाे दशगजा क्षेत्रमा धारिलाे हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा सशस्त्र प्रहरीका एक पुर्व जवानकाे शव फेला परेकाे थियाे ।

Related posts

मौसम विभागले भन्यो : वर्षा गराउने प्रणाली नेपालबाट बाहिरियो

MadhesKhabar

स्वास्थ्य कार्यालय पर्सा मधेस प्रदेशमा लगातार ३ वर्षदेखि प्रथम

MadhesKhabar

मधेसका सरकारी विद्यालयकाे खुल्याे पाेल : छात्रवृत्ति र खाजाकाे रकम कुम्ल्याउन निजी स्कूलका विद्यार्थी भर्ना

MadhesKhabar

Leave a Comment