Madhes Khabar
स्थानिय

वीरगन्जबाट स्रोत नखुलेको साढे ७ लाख रकम सहित आलम पक्राउ

मधेसखबर
वीरगन्ज,२६ भदौं : वीरगन्जबाट स्रोत नखुलेको ७ लाख ५३ हजार ३ सय रुपैयाँ सहित एक जनालाइ पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्साकै पोखरिया नगरपालिका वडा नम्बर ९ बैरियाविर्ता घर भएका ३५ बर्षीय महम्द रिजवान आलम रहेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २ स्थित श्रीराम सिनेमा हल पछाडिको सडकबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

प्रहरीले भारत रक्सौलबाट आउदै गरेका आलम सवार प्रदेश २–३–०१२ प २०४६ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा आलमले लगाएको जिन्सपाइन्टको खल्तीबाट ७ लाख ५३ हजार ३ सय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

बरामद भएको रकमको श्रोत आलमले नबताएका कारण उक्त रकम हुण्डी कारोबारको रहेको हुन सक्ने प्रहरीको भनाइ छ ।

आलमलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

 

Related posts

वीरगन्जकाे विकास र समृद्धिका लागि युवाकाे साथ र सहयाेग चाहेकाे छु: मेयर सिंह

MadhesKhabar

मेडिकल कलेजका एमडी अन्सारी र ल्याब प्रमुख साह रिहा

MadhesKhabar

वीरगन्ज महानगरमा विभिन्न पदका लागि ४८ जना कर्मचारी माग

MadhesKhabar

Leave a Comment