Madhes Khabar
स्थानिय

वीरगन्जकाे विकास र समृद्धिका लागि युवाकाे साथ र सहयाेग चाहेकाे छु: मेयर सिंह

वीरगन्ज ,४असार: वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जकाे विकास र समृद्धिका लागि युवाहरुकाे अझ साथ र सहयाेग आफुलाई चाहिएकाे बताएका छन् ।

साेमबार वीरगन्जमा आयाेजित नेपाली युवा उद्योमी मञ्चकाे तेश्राे साधरणसभाकाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै मेयर सिंहले युवाहरु नै आफनाे उर्जाकाे श्राेत रहेकाेपनि दाेहाेर्याए ।उनले भने, मेराे उर्जाकाे श्राेत भनेकै वीरगन्जका युवाहरु हुन् , तर यहाँका युवा उद्योमीहरुमा अहिले उर्जाकाे कमी आएकाे महसुस गरिरहेकाे छु । त्यसकारण वीरगन्जका युवा उद्यमीहरु अझ थप उत्साह, जाेश र उर्जाकासाथ अगाडि बढ्नुपर्नेमा उनले जाेड दिए ।

उनले वीरगन्जमा ओैद्योगिक लगानी भित्र्याउन आवश्यक पर्ने सहयाेग र साथ दिन वीरगन्ज महान तयार रहेकाे पनि बताए ।

मेयर सिंहले वीरगन्जकाे विकास र समृद्धिलाई नै मूलमन्त्र बनाएर आफुले काम गरिरहेकाे भन्दै यसमा युवा उद्योमीहरुकाे साथ र सहयाेगकाे अपेक्षा गरेकाे बताए । उनले भने, यहाँका युवा उद्यमीहरुसंग मेराे एउटा गुनासाे यहि छ कि तपाईहरु मैले बाेलाएपछि मात्रै महानगरमा आएर सल्लाह सुझाव दिनुहुन्छ , नबाेलाएसम्म आउनु नै हुन्न । म चाहन्छु तपाईहरु जुन बेलापनि महानगरमा आएर आफ्नाे सल्लाह सुझाव दिनुहाेस् ।

नवप्रवर्तन तथा नयाँ उद्यमका लागि युवाहरुले अघि सारेको योजना कार्यान्वयन गर्न महानगर काँधमा काँध मिलाएर हिँड्न तयार रहेको पनि उनले बताए ।

‘कुन उद्योग गर्दा वीरगन्जलाई फाइदा हुन्छ, यहाँका युवाहरुले अवसर पाउँछन्, त्यस्ता योजनामा महानगर सँधै युवाहरुलार्य सहयोग गर्न तयार छ ।’ उनले भने।

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, पूर्व अध्यक्ष सुबोध कुमार गुप्ता, उद्योगी अशोक वैद्य, गणेश लाठ, अनुप अग्रवाल लगायतको सहभागिता रहेको थियो ।

Related posts

सरसफाईमा अझ कडाई गर्दै महानगर : फोहोर फाल्ने एक जनालाई ५० हजार जरिबाना

MadhesKhabar

वीरगन्जका नाम चलेकै होटल र ब्रियानी हाउसका किचेन फोहोर र अव्यस्थित

MadhesKhabar

वीरगन्ज :लजको कोठाभित्र एउटै पंखामा झुण्डिएको अवस्थामा भारतीय दम्पतिको शव फेला

MadhesKhabar

Leave a Comment