Madhes Khabar
स्थानिय

वीरगन्ज कारागारमा दरबन्दी छ,तर डाक्टर छैनन्

वीरगन्ज,२९ साउन : वीरगन्ज कारागारमा एक जना चिकित्सकको दरबन्दी भए पनि वर्षौंदेखि त्यो रिक्त छ । कारागारमा सातौँ वा आठाँै तहको एक जना मेडिकल अधिकृतको दरबन्दी भएपनि हाल त्यहाँ एक जना ‘हेल्थ असिस्टेन्ट’ ले मात्रै स्वास्थ्य सेवा प्रवाह गर्दै आएका छन् ।

वीरगन्ज कारागारमा वीरगन्ज महानगर–२५ का राहुल साह तुरहाको गत मंगलबार व्यायाम गर्दा स्वास्थ्यमा जटिल समस्या भएर नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि कारगारमा नियमित स्वास्थ्य परीक्षण एवं दरबन्दी अनुसार चिकित्सकको व्यवस्था हुनुपर्ने विषय सार्वजनिक भएको हो ।

वीरगन्ज कारागारका प्रमुख खिमराज भुसालले दरबन्दी अनुसारको मेडिकल अधिकृतको व्यवस्था गर्न कारागार व्यवस्थापन विभागमा पत्राचार गरेको बताए । वीरगन्ज कारागारमा स्वदेशी एवं विदेशी थुनुवा र कैदी गरी १ हजार ३१० जनालाई राखिएको छ । कारागारमा महिला कैदी पाँच जना, महिला थुनुवा ४२ जना र दुई जना आश्रित बालिका छन् । विदेशी थुनुवा र कैदी १९९ जना छन् ।

कारागार ऐन, २०७९ मा ५०० जनाभन्दा बढी कैदी र बन्दी रहने प्रत्येक कारागारमा तोकिए बमोजिमको शैया रहेको एउटा अस्पताल र त्योभन्दा कम कैदी र बन्दी रहने कारागारमा एउटा स्वास्थ्य चौकीको व्यवस्था गर्नुपर्ने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।रासस

Related posts

पर्साका पालिका उपप्रमुखहरुले गठन गरे `डेपुटी मेयर्स क्लब´, अध्यक्षमा थारु

MadhesKhabar

पर्सामा ट्याक्टरले किच्दा एक युवकको मृत्यु

MadhesKhabar

जेनजी आन्दोलनमा वीरगन्जका मेयरको घरमा आगजनी गरेको आरोपमा एक जना पक्राउ

MadhesKhabar

Leave a Comment