Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको बालसुधार गृहमा बाल कैदीबन्दीहरुले तोडफोड गर्न खोजेपछि भयो तनाव

फाइल तस्बीर ।

वीरगन्ज,१९चैतःवीरगन्जको बालसुधार गृहमा डेढबर्षपछि फेरि तनाव भएको छ । बालसुधार गृहमा रहेका बाल कैदीबन्दीले सुधार गृहमा खाना,बास लगायतको समस्या भएको भन्दै मंगलबार होहल्ला गर्दै तोडफोड गर्न थालेपछि स्थिती तनावग्रस्त बनेको हो ।
सुधार गृहमा बाल कैदीबन्दीहरुले होहल्ला गर्दै तोडफोड गर्न खोजेको सुचना पाएलगत्तै त्यहाँ पुगेको प्रहरीले स्थिती नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

ऋहिले सुधार गृहभित्रै असन्तुष्ट बाल कैदीबन्दीहरुसंग पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,प्रहरी उपरीक्षक मिश्र,प्रहरी नायब उपरीक्षक किशोर लम्साल सहितको टोलीले छलफल गरिरहेको छ ।बाल सुधार गृहमा विभिन्न कसूरमा संलग्न १२७ जना बाल कैदीबन्दीहरु छन् ।

प्रमुख जिल्ला अधिकारी अर्यालले उनिहरुको समस्या र असन्तुष्टिहरु सम्बोधन गरिने प्रतिबद्धता जनाउँदै सम्झाइ बुझाइ गरेपछि स्थिती साम्य बनेको प्रहरी उपरीक्षक मिश्रले बताए । बालसुधार गृहमै रहेका प्रहरी उपरीक्षक मिश्रले मधेसखबरसंग भने,‘ हामी उनिहरुसंग छलफलमै छौं । उनिहरुका असन्तुष्टी र समस्या के के छन् ? ती बारे कुराकानी गरिरहेका छौं ।’

यसअघि २०८० भदौं २६ गतेपनि बालसुधार गृहमा बालकैदीबन्दीहरुबीच नै आपसमा झडप हुदाँ ११ बालकैदीबन्दी र ३ जना प्रहरी घाइते भएका थिए ।

Related posts

वीरगन्जको शैक्षिक अवस्थालाई बिगार्न खोज्ने गिरोहलाई नछाड्ने मेयर सिंहको चेतावनी

MadhesKhabar

संसद पुर्नस्थापनको माग गर्दै सर्वोच्चमा गएका कांग्रेसका ६५ सांसदमा पर्साका चौरसिया र रिजाल पनि

MadhesKhabar

सीडीओ आँफेले खोप खाएर पर्सामा सुरु गरे `हैजाविरुद्धको खोप अभियान´

MadhesKhabar

Leave a Comment