Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मधेसमा चुनावकाे तडकभडक कम : आयाेग

मधेसखबर
वीरगन्ज ,०२ मंसिर : राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशले अघिल्लो निर्वाचनको तुलनामा यसपटक तडकभडक, आमसभा र जुलुसमा न्यूनीकरण भएको निष्कर्ष निकालेको छ ।

आयोगले अघिल्लो निर्वाचनभन्दा आचारसंहिता उल्लंघनमा पनि कमि आएको निष्कर्ष निकालेको जनाएको हो ।

आयोगले कात्तिक २७ देखि ३० सम्म गिरएकाे अनुगमनवाट प्राप्त विभिन्न १८ वटा सकारात्मक र नकारात्मक तथ्यहरुलाइ सार्वजनिक गरेको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन न्यून भएको उल्लेख गर्दै आयोगको संयुक्त अनुगमन टोलीले भारतीय नम्बर प्लेटकाका गाडीहरु भने प्रचारप्रसारमा प्रयोग गरेको पाइएको जनाएको छ ।

मधेसका अधिकाशं मतदान केन्द्रहरुका लागि विधालय नै प्रयोग गरेको हुनाले आयोगले ध्यानाकर्षण गरनएको छ । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले निर्वाचनका कारण बालबालिका विद्ययालय जान नपाएको विषयलाई गम्भीर रुपमा लिएको बताए ।

आयोगले सप्तरीको हातिगंगा भन्ने स्थान कोशीटप्पुबीच रहेकाले संवेदनशील क्षेत्र भएको निष्कर्ष निकाल्दै मतपेटिका मतगणनास्थलसम्म पु¥याउन हेलिकप्टरको प्रयोग गर्नुपर्ने सुझाव दिएको छ ।

मधेश प्रदेशमा सुरक्षाका हिसाबले समेत खासै संवेदनशील नभएको आयोगले जनाएको छ । ‘सरकार विरोधी दलहरु प्रशासनको निगरानीमा भएको हुनाले अवाञ्छित गतिविधि नभएको पाइएको हो,’ अनुगमन टोलीकी सदस्य लिली थापाले भनिन् ।

अनुगमन आदिवासी जनजाती आयोगका रामबहादुर थापा, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णुमाया ओझा, मधेशी आयोगका कार्यालय प्रमुख मन्जु खतिवडा र सदस्य जिवछ साहले गरेका थिए ।

Related posts

वीरगन्जमा खानेपानीको हाहाकार भएपछि जनमत पार्टीका महिलाहरुद्वारा सडकमा प्रदर्शन

MadhesKhabar

कक्षा १२ को ग्रेडवृद्धि परिक्षाको रिजल्ट सार्वजनिक

MadhesKhabar

वीरगन्ज भन्सार कार्यालयमा रोकिएन `दस्तुरी´: व्यापारीहरु हैरान

MadhesKhabar

Leave a Comment