Madhes Khabar
शिक्षा हेडलाइन

कक्षा १२ को ग्रेडवृद्धि परिक्षाको रिजल्ट सार्वजनिक

काठमाडौं,२३कार्तिक : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा आज बिहीबार सार्वजनिक गरेको छ ।

परिक्षा बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ ।

परीक्षामा कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा जसमा ८८ हजार नौ सय ४७ अर्थात ७५ दशमलव ४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डको भनाइ छ ।

Related posts

पर्सामा काँग्रेसको चुनावी गतिविधी तिब्र , विभिन्न चुनावी समिति गठन

MadhesKhabar

वीरगन्जलाइ सधैं हेपियो तर अब एमाले सरकार बनेपछि त्यस्तो हुदैन

MadhesKhabar

पशुपति गौशाला धर्मशालामाथिको हस्तक्षेप रोक्न वीरगन्जमा पनि मारवाडी समुदायको प्रदर्शन

MadhesKhabar

Leave a Comment