Madhes Khabar
स्थानिय

बारा प्रहरीको थुनामा रहेका अभियुक्तलाई छुटाइदिने भन्दै ६ लाख रुपैयाँ ठग्ने कानु पक्राउ

बारा,१८बैशाखः व्याक्ति हत्याको आरोपमा अनुसन्धानका लागि प्रहरी थुनामा रहेका अभियुक्तलाई छुटाइ दिने भन्दै अभियुक्तका परिवारसंग ६ लाख रुपैयाँ लिएका एक व्याक्ति बारामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बडहर्वाका ४१ बर्षिय दुर्गा साह कानु रहेका छन् । उनलाई प्रहरीले गत आइतबार पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो ।

ज्यान सम्बन्धि कसूरको अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बाराको थुनामा रहेका एक अभियुक्तका आफन्तले दिएको जाहेरीका आधारमा कानुलाई गत आइतबार पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

प्रहरीका अनुसार, प्रहरी थुनामा रहेका अभियुक्तका आफन्तसंग कानुले ६ लाख रुपैयाँ लिएका थिए । पक्राउ परेका कानुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनिविरुद्ध ठगी मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको न्यौपानेले बताए ।

Related posts

वीरगन्जका लागि खुशीको खबर : सरकारको पक्षमा सर्वोच्चको फैसला,अब टुट्ने भयो मेनरोड

MadhesKhabar

वीरगन्ज–५ का वडाध्यक्ष चौरसियाको सरहानीय काम :लाभग्राहीहरुको घरघरमै पुगेर गरे नविकरण

MadhesKhabar

पर्सामा मोटरसाइकल दुर्घटना हुदा एक बालकको मृत्यु

MadhesKhabar

Leave a Comment