Madhes Khabar
स्थानिय

प्रेस युनियन पर्साको साधरणसभा भदौं २८ मा हुने

वीरगन्जं,२२भदौंःनेपाल प्रेस युनियन पर्साको ११ औं वार्षिक साधरणसभा यहि भदौं २८ गते हुने भएको छ । वीरगन्जमा शनिबार बसेको प्रेस युनियन पर्साको बैठकले भदौं २८ गते वीरगन्जमा साधरणसभा गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले केन्द्रि कार्यसमितिको निर्देशन अनुसार साधरणभाकै दिन नेपाल पत्रकाार महासंघको निर्वाचनका लागि युनियन पर्साको जिल्ला भेला आयोजना गर्ने निर्णयपनि गरेको युनियन पर्साका उपाध्यक्ष अलीअसगर देवानले जानकारी दिए । यसका साथै बैठकले युनियन पर्साका उपाध्यक्ष देवानकै संयोजकत्वमा ५ सदस्यिय साधरणसभा तयारी समितिपनि गठन गरेको छ । समितिको सदस्यहरुमा कपिलदेव यादव,सन्जय गुप्ता,जंगबहादुर पटेल र हुकुमसिंह राजपूत रहेका छन् ।

बैठकले साधरणसभाका लागि केन्द्रिय प्रतिनिधी माग गर्ने तथा यसअअघिको युनियनको जिल्ला अधिवेशनमा छुटेका सदस्यहरुलाई समेट्ने निर्णयपनि गरेको उपाध्यक्ष देवानले बताए ।

प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्षद्वय क्रान्ति शाह र अलीअसगर देवान ,कोषाध्यक्ष कपिलदेव यादव ,सदस्यहरु राकेश चौरसिया,नूर आलम, हुकुमसिंह राजपुत,जंगबहादुर पटेल,ओमप्रकाश चौधरी,सन्जय गुप्ता लगायतको सहभागीता थियो ।

 

Related posts

हौंसला उच्च बनाएर पुननिर्माण र जनताको सेवामा लाग्न जनप्रतिनिधी र कर्मचारीलाई मेयरको आग्रह

MadhesKhabar

बारामा ९० वर्षीय बुबाकाे हत्या गर्ने ६० वर्षीय छाेरा पक्राउ

MadhesKhabar

वनमन्त्री यादवद्वारा गृहनगर वीरगन्जमा मन्दिर र विवाह भवनको उद्घाटन

MadhesKhabar

Leave a Comment