Madhes Khabar
खेलकुद

परवानीपुर गोल्डकप फुटबलको फाइनलमा आयोजक क्लब र निजगढ भिड्ने

वीरगन्ज,१० वैशाख:पाचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागी फाइनलमा आयोजक शक्ति युवा क्लब र निजगढ फुटबल क्लब भिड्ने भएका छन् ।

 

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा निजगढ फुटबल क्लब निजगढले २-१ गोल अन्तरले रिगल हेटौंडा एन्फा मकवानपुरलाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेको हो ।

पहिलो हाफसम्म दुबै टिमले एक -एक गोलले बराबरी खेलेका थिए । दोस्रो हाफमा निजगढ फुटबल क्लबले थप एक गाेल गरेकाे थियाे।

बिहीबारको खेलको म्यान अफ दी म्याच निजगढ फुटबल क्लबका खेलाडी सन्तबहादुर गुरुङ घोषित हुदै २१ सय नगद प्राप्त गरे । उनलाई समाजसेवी जतन राउत कुर्मीले पुरस्कार प्रदान गरे।

यसअघि बुधबार पहिलो सेमिफाइनल खेलमा आयोजक शक्ति युवा क्लबले सडेनडेथमा वीरगन्ज युनाइटेड क्लब वीरगन्जलाई पराजित गरेर फाइनल प्रवेश थियो ।फाइनल खेल शनिबार हुनेछ।

Related posts

दिल्लीलाई हरायाे हैदराबादले

MadhesKhabar

गणपति निर्माण सेवाले जित्याे “वीरगन्ज बक्स क्रिकेट लिग” को उपाधि

MadhesKhabar

यू–१९ विश्वकप क्रिकेटको उपाधिका लागि फाइनलमा भारत र अस्ट्रेलिया भिड्ने

MadhesKhabar

Leave a Comment