Madhes Khabar
खेलकुद

वीरगन्ज–१० मा यसपालि पनि ‘ वडा स्तरिय क्रिकेट प्रतियोगिता’ आयोजना हुदैं

वीरगन्ज,२३पुसःवीरगन्ज महानगरपालिका वडा नम्बर १० मा यसपालिपनि ‘चौथो वडा स्तरिय क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ ।

वडा नम्बर १० को वडा कार्यसमितिले हरेकवर्ष झैं यसवर्षपनि वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको वडाध्यक्ष सुशील साह कानुले बताए । उनले विगत तीन वर्ष यता निरन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको बताए । गतवर्ष माघ दोस्रो सातामा वडास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएकोमा ८ टिमले भाग लिएका थिए।

वडाध्यक्ष कानुले बुधबार जारी गरेको सूचनामा वडाको खेल प्रबर्धन र खेलाडीहरुको प्रोत्साहनका लागि यसपालिपनि वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ ।

प्रतियोगितामा सहभागीताका लागि वडा नम्बर १० का इच्छुक १४ वर्षमाथिका क्रिकेट खेलाडीले १५ दिनभित्र वडा समितिको कार्यालयमा सम्पर्क गरेर नागरिकताको फोटोकपी र १ सय रुपैयाँ आवेन शुल्क बुझाएर आफनो नाम दर्ता गर्नुपर्ने उक्त सूचनामा उल्लेख छ ।

Related posts

बंगलादेशविरुद्धको टी–२० सिरिजमा भारतकाे क्लिनस्विप

MadhesKhabar

टी–२० विश्वकप : युगान्डामाथि अफगानिस्तानको फराकिलो जित

MadhesKhabar

आईपीएल आजदेखि, उद्घाटनमा चेन्नई र गुजरातबिच प्रतिस्पर्धा

MadhesKhabar

Leave a Comment