Madhes Khabar
खेलकुद

पुलिसविरुद्धको जितसंगै मधेसले जय ट्रफी खेल्ने पक्का

वीरगन्ज, २ वैशाख : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा मंगलबार मधेस प्रदेशले जित हात पारेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा मधेसले नेपाल पुलिस क्लबविरुद्ध चार विकेटको महत्वपूर्ण जित निकालेको हो।

जितसँगै मधेसले तेस्रो संस्करणको जय ट्रफी खेल्ने पक्का भएको छ। प्रधानमन्त्री कपका शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्दा शीर्ष ६ टोली जय ट्रफीका लागि छनौट हुनेछन्। ९ खेलबाट ११ अंक बटुलेको मधेस तालिकाको चौथो स्थानमा छ। यसपटक मधेससँगै त्रिभुवन आर्मी क्लब, सुदूरपश्चिम, एपीएफ क्लब, लुम्बिनी र नेपाल पुलिस क्लब जय ट्रफीका लागि छनौट भएका हुन्।

यसअघि प्रधानमन्त्री कपका शीर्ष चार टोलीले जय ट्रफी खेल्दै आएका थिए। नेपाल क्रिकेट संघ (क्यान)ले यस वर्षदेखि शीर्ष ६ टोलीलाई जय ट्रफीमा सहभागिता गराउने निर्णय गरेको हो।

दोस्रो पटक जय ट्रफीमा छनौट हुने क्रममा मंगलबार भएको खेलमा मधेसले पुलिसले दिएको १ सय ३१ रनको लक्ष्य २४.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो। मधेसको जितमा अरनिको यादवले अविजित ६५ रन बनाउँदै अर्धशतक पूरा गरे। रुपेश सिंहले पनि अविजित रहँदै २७ रन जोडे। कप्तान अनिल साह एक रनमा आउट हुँदा हिमांशु दत्तले १८ रन बनाए।

पुलिसका गुल्शन झाले तीन विकेट लिँदा सागर ढकालले दुई विकेट हात पारे। ललित राजवंशीले पनि एक विकेट आफ्नो नाममा लेखाए।

यसअघि टस हारेर ब्याटिङ गरेको पुलिसले खराब ब्याटिङ गर्दै ४० ओभरमा सबै विकेट गुमाएर १ सय ३० रन जोडेको थियो। पुलिसका कुशल भुर्तेलले ३९, शंकर रानाले २७, रसिद खानले १८ रन बनाए। दिनेश खरेल र गुल्शन झाले समान १५ रन जोडे। मधेसका पवन सर्राफ, रञ्जित कुमार र आशिक बैठाले समान तीन/तीन विकेट हात पारे। अरनिको यादवले एक विकेट लिए।साभारःअन्नपूर्णपोष्ट

 

Related posts

उपाधिका लागि नेपालले आज ओमानसँग खेल्दै

MadhesKhabar

एनपीएलको फाइनल पुग्नका लागि जनकपुर र सुदूरपश्चिम खेल्ने

MadhesKhabar

आइपिएलमा चेन्नइकाे लगातार दाेस्राे जीत

MadhesKhabar

Leave a Comment