Madhes Khabar
खेलकुद

उपाधिका लागि नेपालले आज ओमानसँग खेल्दै

फाइल फाेटाे

काठमाडौं,१९कार्तिक:टि-२० विश्वकप एसिया छनोटको उपाधिका लागि आज आइतबार नेपालले ओमानसँग खेल्दैछ।

आज बिहान ११ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुने एसिया छनोटको फाइनल खेलमा नेपाल र ओमान आमनेसामने हुन लागेका हुन्।

नेपालले सेमिफाइनल खेलमा युएईमाथि ८ विकेटको जित निकाल्दै फाइनल प्रवेश गरेको थियो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको अर्को सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले हराएर फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।

एसिया छनोटमा ८ देशहरूलाई दुई समूह विभाजन गरी खेलाइएको थियो। नेपाल र ओमान समूह ‘ए’ बाटै फाइनल पुगेका हुन्।

ओमान समूह विजेता र नेपाल उपविजेता हुँदै फाइनल प्रवेश गरेको थियो। समूह चरणमा नेपाल ओमानसँग पराजित भएको थियो।

समूह चरणको अन्तिम खेलमा भएको हारको बदला आज ओमानसँग लिँदै एसिया छनोटको उपाधि जित्ने लक्ष्यमा नेपाल हुनेछ।

दुबै टिमले आगामी वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने टी-२० ‍विश्वकप खेल्नेछन्।

Related posts

काेहलीकाे किर्तिमानी शतक र जडेजाकाे घातक बलिङमा भारतसंग दक्षिण अफ्रिकाको लज्जास्पद हार

MadhesKhabar

वीरगन्जमा जारी टी–२० क्रिकेट : एपिएफमाथि पुलिसको फराकिलो जीत

MadhesKhabar

भियतनाममा बाराका दुई खेलाडीले जिते रजत पदक

MadhesKhabar

Leave a Comment