Madhes Khabar
खेलकुद

फूटबलको मधेस प्रदेश स्तरीय छनौटमा बारा च्याम्पियन

मधेसखबर
वीरगन्ज ,०८ असाेज : नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन फूटबलतर्फ भएको मधेस प्रदेश स्तरीय छनौट प्रतियोगिताको उपाधी बाराले जितेको छ ।

सर्लाहीकाे लालबन्दीमा सम्पन्न फाइनल खेलमा महोत्तरीलाई पराजित गर्दै बारा प्रदेश च्याम्पियन भएको हो ।

प्रदेश स्तरीय छनौट प्रतियोगिताको उपाधी उचाल्ने क्रममा बाराले महोत्तरीलाई ३–२ ले पराजित गरेको हाे । बाराको जितमा उदित नारायण चौधरी, निरज थापा मगर र विवेक चौधरीले एक/एक गरेका हुन्। महोत्तरीका लागि सञ्जिव चौधरी र कृष्ण रानाले गोल गरे ।

छनौट प्रतियोगितामा मधेस प्रदेशका आठ जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगिताको पहिलो खेलमा पर्सा विरुद्ध २–१ को जित निकालेको बाराले सेमिफाइनलमा धनुषालाई ३–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

विजेता र उपविजेता टिमलाई लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी, युवा खेलकुद तथा सामाजिक विकास मन्त्रालयका उपसचिव ठुलोबाबु दाहाललगायतले पुरस्कार वितरण गरेका थिए ।साभार : ईशिलालेख

Related posts

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

एनपीएल : जनकपुरकाे लगातार दाेस्राे हार

MadhesKhabar

बारा जिल्ला क्रिकेट संघलाई वीरगन्जको एनआइ कलेजले गर्‍यो प्रायोजन

MadhesKhabar

Leave a Comment