Madhes Khabar
खेलकुद हेडलाइन

एनपीएल : जनकपुरकाे लगातार दाेस्राे हार

काठमाडौं,८मंसिर: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा जनकपुर बाेल्ट्स लगातार दाेस्राे खेलमा पराजित भएको छ।विराटनगर किङ्सले लगातार तेस्रो जित निकाल्दा जनकपुरले लगातार दाेस्राे खेलमा हार व्यहाेरेकाे हाे । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो।

टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी लक्ष्य पन्छाएको जनकपुरका लागि निकोल लोफ्टी इटोनले सर्वाधिक ४१ रन बनाए। यस्तै लाहिरु मिलान्थाले २३ रन, आसिफ शेखले १३ रन, सञ्जय कृष्णमुर्थीले २० रन बनाए।

विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। यस्तै सूर्य तामाङले २ विकेट लिए भने मर्चेन्ट डे लाङ र शुमम रन्जानेले १–१ विकेट लिए।

विराटनगरका लागि ओपनरद्वाय लोकेश बम २६ बलमा २८ रन बनाएर आउट भए भने जर्ज मुन्से १० रनमा आउट भए। यस्तै ब्याटर मार्टिन गप्टिल १५ बलमा १३ रन बनाएर आउट भए। यस्तै विराटनगरका लागि वसिर अहमद ३५ बलमा ३६ रन, शुमम रन्जानेले २९ बलमा ३७ रन बनाए।

बलिङतर्फ जनकपुरका लागि रुपेश सिंह र संगित कुरेले २–२ विकेट लिए भने आदित्य मेहताले एक विकेट लिए।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

दसैं अवधिमा पर्सामा २२ सवारी दुर्घटना , दुईकाे मृत्यु ,३८ घाइते

MadhesKhabar

चुनावका लागि भारतले नेपाललाइ दियो २०० वटा गाडी

MadhesKhabar

सिमरामा भएको बस दुर्घटनाको अपडेट : मृतक र घाइतेहरुको नाम–ठेगाना खुल्यो

MadhesKhabar

Leave a Comment