Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज नाका हुँदै २ महिनामै भित्रियो २५ करोड बढीको विदेशी रक्सी

फाइल तस्बिर ।

वीरगन्ज,१०असाेज:चाडपर्व नजिकिएसँगै वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट विदेशी मदिरा(रक्सी )को आयात बढेको छ । चालु आर्थिक वर्षको पहिलो २ महिना अर्थात् साउन र भदौ महिनामा मात्रै यो नाका हुँदै २५ करोड १३ लाख रुपैयाँ बराबरको ७८ हजार ३ सय ३७ लिटर मदिरा आयात भएको छ । जसबाट ३२ करोड ३९ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

बन्दरगाहस्थित भन्सार कार्यालयको तथ्यांक अनुसार, गत आर्थिक वर्षको यसै अवधिमा यो नाका हुँदै १३ करोड ३१ लाख रुपैयाँ बराबरको ५२ हजार ७ सय ८९ लिटर तयारी मदिरा आयात भएको थियो । जसबाट १८ करोड ७१ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।

प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवाल चाडपर्व नजिकिएसँगै मदिराको आयात पनि उत्साहजनक रुपमा वृद्धि भएको बताउँछन् । असोज लागे यता पनि यो क्रम झनै बढेको उनले बताए । ‘मंगलबार पनि ग्लोबल ट्रेडिङ कर्न्सन प्रालिले ५ करोड रुपैयाँ बराबरको मदिरा आयातको घोषणा भन्सारमा गरेको छ,’ उनले भने, ‘यो कम्पनीले प्रायः ब्ल्याक लेबल र रेड लेबल ब्राण्डको मदिरा भित्र्याउने गरेको छ ।’

सुक्खा बन्दरगाह भन्सारको कूल भन्सार राजश्वमा तयारी मदिराको योगदान उच्च रहने गरेको छ । गत आर्थिक वर्षमा पनि यो भन्सारको राजश्व संकलनमा उत्कृष्ट योगदान गर्ने बस्तुहरुको सूचीमा दोश्रो नम्बरमा तयारी मदिरा रहेको थियो । भारतको कोलकाता बन्दरगाह सम्म पानीजहाजमा र त्यहाबाट रेलमा मदिरा नेपाल भित्र्याइन्छ । रेलमार्गबाट मदिरा आयात गर्दा सस्तो र क्षति पनि कम हुने गर्दा आयातकर्ताले तेश्रो मुलुृकबाट मदिरा आयात गर्न यो नाका रुचाउँछन् ।

१ कन्टेनर ह्विस्की आयात हुँदा १ करोड ५० लाख देखि २ करोड ५० लाख रुपैयाँसम्म र १ कन्टेनर वाइन आयात हुँदा ७०/८० लाख रुपैयाँसम्म राजश्व संकलन हुने गर्छ । नेपालमा स्कटल्याण्डबाट जनिवाकर, भ्याट ६९, टिचर्स, अमेरिकाबाट जिमबिम, बेलायतबाट चिवास रिगल आदि ब्राण्डका ह्विस्की बढी आयात हुने गरेको छ ।साभार:कान्तिपुर

Related posts

जीतपुरसिमरा उपमहानगरका पुर्व मेयर पाैडेल मृत फेला

MadhesKhabar

वीरगन्जमा करिब २ करोड मूल्यको काजु,ज्वानोसहितको दुई वटा ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

प्रधानमन्त्रीलाई सांसद यादवको प्रश्न : के सरकारले मधेसलाई मरुभूमी बनाउन खोजेको हो ?

MadhesKhabar

Leave a Comment