Madhes Khabar
राष्ट्रिय हेडलाइन

विमान दुर्घटनाको शाेकमा आज बिदा

वीरगन्ज ,०२माघ: पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले आज साेमबार बिदा दिएको छ ।

विमान दुर्घटनाको शोकमा झण्डा झुकाउने निर्णयसमेत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि छुटेको यती एयरलाइन्सको ९-एन-एनएसी ७२ विमान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो । विमानमा चालक दलसहित ७२ जना थिए ।ती मध्ये ६९ जनाकाे मृत्यु भएकाे पुष्टि भइसकेकाे छ भने तीन जनाकाे अवस्था अझै अज्ञात छ ।

घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग पनि गठन गरेको छ । दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो ।साभार:अनलाइनखबर

Related posts

नारायणी अस्पतालमा क्याथ ल्याब सञ्चालनको तयारी,डाक्टरहरुले बिएचसी हस्पिटलमा गरे अवलोकन

MadhesKhabar

सिके राउतकाे पार्टीबाट काे काे बन्दै छन् समानुपातिक ५ सांसद ?

MadhesKhabar

मओवादीका उम्मेदवारलाइ झुक्याएर विष खुवाएको भन्दै राजमार्गमा प्रदर्शन

MadhesKhabar

Leave a Comment