Madhes Khabar
राष्ट्रिय

मओवादीका उम्मेदवारलाइ झुक्याएर विष खुवाएको भन्दै राजमार्गमा प्रदर्शन

हरिवन स्थित स्वाभिमान अस्पताल अगाडि जम्मा भएका माओवादी कार्यकर्ताहरु ।तस्वीर :टंक क्षेत्री

वीरगन्ज, २५ बैशाख :सर्लाहीको हरिवनमा आफनो पार्टीका वडाध्यक्षका उम्मेद्वारलाइ विपक्षी दलका कार्यकर्ताले सुनियोजित रुपमा विष खुवाएको भन्दै नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आइतबार प्रदर्शन गरेका छन् ।
मओवादी कार्यकर्ताहरुले हरिवन बजार स्थित पूर्वपीशचम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनले केहि घण्टा राजमार्ग अवरुद्ध पनि भएको थियो । प्रहरीले घटना बारे छानबिन गरि सत्यतथ्य पत्ता लगाइ दोषीलाइ कारवाही गर्ने प्रतिबद्धता जनाएपछि अपरान्ह ४ बजे देखि भने प्रदर्शन स्थगीत भइ राजमार्ग पनि सुचारु भएको छ ।
आइतबार नै चुनावी घरदैलो कार्यक्रमका क्रममा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्ष पदका उम्मेद्वार शेख इस्तिहार सहितका चार जनालाइ विपक्षी दलका कार्यकर्ताले मिठाईमा विष मिसाएर खुवाएको माओवादी केन्द्रको आरोप छ ।
विष सेवनले वडाध्यक्ष पदका उम्मेदवार इस्तिहार सहित चार जना बिरामी परेका माओवादी केन्द्र हरिवनका नगर कमिटी अध्यक्ष अर्जुन पन्तले बताए ।
ती मध्ये गम्भीर अवस्थाका वडाध्यक्ष पदका उम्मेदवार इस्तिहारलाई हरिवन स्थित स्वाभिमान अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगन्ज ल्याइएको छ । अन्य घाइतेहरुको भने हरिवनकै अस्पतालमा उपचार भइरहेको छ ।

Related posts

भारत सरकारले नेपाललाई दिएको ३८ करोडको १० वटा बेलिब्रिज वीरगन्ज नाकामा आइपुग्यो

MadhesKhabar

३० गते देखि लगातार ४ दिन सार्वजनिक विदा

MadhesKhabar

चुनावभर सामाजिक सन्जाल निगरानी गर्ने जिम्मा सेना र प्रहरीलाइ

MadhesKhabar

Leave a Comment