Madhes Khabar
राष्ट्रिय

रास्वपा सभापति रवि लामिछाने फेरि पक्राउ परे

फाइल तस्बिर ।

काठमाडौं,२२चैत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सभापति रवि लामिछाने पक्राउ परेका छन्। काठमाडौंको हात्तिगौडास्थित निवासबाटै शुक्रबार राति प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेशकुमार आचार्यका अनुसार लामिछानेलाई प्रक्रियागत रूपमा अदालत बुझाउने छ। ‘अदालतको फैसलाबमोजिम उहाँ (रवि लामिछाने)लाई पक्राउ गरेका छौं। रुपन्देहीको मुद्दा भएकाले त्यहाँको अदालतमा उपस्थित गराउनेगरी भैरहवा लैजान्छौं,’ उनले भने।

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रुपन्देही जिल्ला अदालतको फैसलालाई उल्टाउँदै थुनामा पठाउने आदेश दिएपछि उनी पक्राउ परेका हुन्। पक्राउ पर्नुअघि सभापति लामिछानेले आफू गिरफ्तारी दिन तयार रहेको बताएका थिए।

पक्राउ पर्नुअघि उनले फेसबुकमा लेखेका छन्, ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिँदैछु।’ उनले आफूमाथि ठूलो अन्याय भएको बताउँदै न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउने उल्लेख गरेका छन्। ‘न्यायलयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् नै। न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु। ममाथि ठूलो अन्याय भएको छ,’ उनले भनेका छन्। उनले भोलि (शनिबार) चितवनमा हुने भनिएको सभा रोक्न पनि आग्रह गरेका छन्।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो। बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो।साभार:अन्नपूर्णपाेष्ट

Related posts

यातायात व्यवसायीको आन्दोलन फिर्ता

MadhesKhabar

बल्खुमा राष्ट्रिय युवा संघ र दुर्गा प्रसाई समूहबीच ढुंगा हानाहान

MadhesKhabar

उपराष्ट्रपति यादव आज चीन जाँदै

MadhesKhabar

Leave a Comment